Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"काम गरेपो सानो, नगरे यही पनि ठुलो!

Published on 1:45:00 AM //


गगनशिला खड्का
आईतवार कषकहरुको समस्याको विषयमा छलफल गर्न सदरमुकाम तम्घासदेखी घमिर गाविसमा पुगेको पशुकार्यदल समितिलाई त्यस क्षेत्रका कृषकहरुले थुपै्रे समस्याहरु तेर्स्याए । एकपछि अर्को गरीकन उनिहरुले जिल्लावाट गएको टोलीसामु आफ्ना समस्याहरु खुलेर राखे । आफुहरुको व्यवसायीक रुपमा वाख्रापालन व्यवसाय गर्ने इच्छा भएपनि परामर्श र पशु उपचार केन्द्र नहुदाँ समस्यामा परेको कृषकहरुको गुनासो रहेको छ ।
गुल्मीको पश्चिम क्षेत्रका पाँच गाविसका कृषकहरुले व्यवसायीक रुपमा गाई, भैसी र वाख्रापालन व्यवसायमा लाग्ने इच्छा भएपनि त्यस क्षेत्रका कृषकहरुका लागी कुनै पशु उपचारकेन्द्र नहुदाँ समस्यामा परेको गुनासो गरेका हुन । जिल्ला पशुसेवा कार्यलय गुल्मी अन्तर्गत रहेको पशुकार्यदल समितिले आईतवार घमिर गाविसमा गरेको कृषक अन्तर्कृया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । गुल्मीको क्षेत्र नं ३ का सिर्सेनी, घमिर, छापहिले, अर्खवाङ्ग र मर्भुङ्ग गाविसका कृषकहरु सहभागी भएको अन्तर्कृयामा उनिहरुले काम गर्न खोजेपनि राम्रो ज्ञान नहुदाँ क्षती हुने गरेको बताए ।
छापहिले गाविस वार्ड नं ८ निवासी कृषक चुमा गीरीले आफुहरुको व्यवसाय राम्रो बनाउने मनोसाय भएपनि त्यस अनुसारको वातावरण नमिल्दा झन विग्रीने गरेको बताए । उनले भने “हामीहरुको मनमा राम्रो होस भन्ने चाहना हुदाँ-हुदै पनि के हुन्छ-हुन्छ मिल्दैन ।” गिरीले भने “यदि तपाईहरुले सहयोग गर्नुभयो भने हामी एकदमै राजी छौ । ”व्यवसायीक रुपमा वाख्रापालन व्यवसाय गर्ने उदेश्यले छापहिले गाविसका कृषकहरुले पालेका बाख्रा भाद्र यता १० वटा मरिसकेको समेत गिरीले बताए ।
सदरमुकामवाट गएको पशुकार्यदल सामु पाँच गाविसका कृषहरुले आफ्नो समस्या खुलेर राख्दै यदि पशुसेवा कार्यलय गुल्मीले सहयोग नगरेमा आफ्नो मात्र एक्लो प्रयासले केहि हुन नसक्ने बताएका छन । सिर्सेनी गाविसकाबाट अन्तर्कृयामा सहभागी हुन करीब दुई घण्टाको बाटो पैदल हिडेर घमिर आएका खिम बहादुर जिसीले काम त सानो हो तर नगरेपछि त्यही पनि ठुलो हुने गरेको बताए । उनले एकदम जिज्ञासु मुद्रामा जुरुक्क उठेर भने“हेर्नुस तपाईहरुले काम गरिदिनुभयो भने यो सानो तर गरिदिनुभएन भने यहि काम पनि ठुलो भयो ।” जिसीले समस्या त सानो हो तर आज सानो भन्यो भोली सानो भन्यो त्यसो गर्दागर्दे वाख्राहरु सवै मरेर सकिने गरेको बताए । उनले एक परिवारले पालेको १७ वटा बाख्रा मध्ये सबै मरेर सकिएपछि अहिले जम्मा ४ वटा मात्र वाँकी रहेको बताए ।
जिल्ला पशुसेवा कार्यलय गुल्मीले आफ्नो गाविसमा बृहत्तर बाख्रा पैचो कार्यक्रम सञ्चालन गरेपनि तर वाख्राको उत्पादन भनेजस्तो गर्न नसकिएकोमा अर्खवाङ्ग गाविसकी शारदा अर्याल चिन्तीत छन । उनले मेहनत त गरेका छौ तर तरिका नजान्दा समस्या हुने गरेको बताईन । उनले भनिन् “यहाँ उपस्थीत सबै साथीहरुले भनिसक्नु भएको छ एउटा भेटनरी केन्द्रको आवश्यक छ भनेर ।” अर्यालले भनिन् “चिन्ता त लाग्छ हामीलाई पैचो कार्यक्रम हो राम्रो गर्न सकेनौ भने पछि फेरी कार्यक्रम आउदैन तर वाख्रापालन व्यवसाय कसरी प्रभावकारी बनाउने भन्ने तरिका सिकाउने मान्छे कोही भएन । ”गाउँमा भएका अधिकांश महिलाहरुको आम्दानीको श्रोत वाख्रपालन व्यवसाय भएपनि यस व्यवसायबाट आफुहरुले फाईदा लिन नसकिरहेको अर्खवाङ्ग गाविसका महिलाहरुको गुनासो रहेको छ ।
निकै उत्साह र हौसलाका साथ अन्र्तक्रियामा सहभागी भएका कृषकहरुले जिल्ला पशुसेवा कार्यलयका प्रमुख संग एकदमै जटिल प्रश्न तेर्स्ताएका थिए । विदेश जाने् मोहले करीब एक लाख नेपाली खर्चेर बिदेश गएर फर्केका घमिर गाविसका डेम बहादुर कार्कीले त्यहाँको गर्मीमा खटेर गर्ने काम नेपालमै मेहनत गर्‍यो भने यहाँ पनि त्यतीकै आम्दानी गर्न सकिने बताए । उनले भने“विदेशमा गएर गर्ने मेहनत हामीले यहि गरँौ त त्यहाँ गएर कमाउने पैसा भन्दा बढि कमाईन्छ तर तालिम र तरिका चाहिँ सिक्नु पर्‍यो ।” कार्कीले घरमा फर्केपछि यहि व्यवसायीक रुपमा पशुपालन व्यवसाय गर्ने सोच बनाएपनि त्यसको आईडिया नभएर अहिलेसम्म केहि नगरी बसेको बताए । उनले आफ्नो वाख्रो विरामी पर्दा त्यसको बारेमा जानकारी भएको राम्रो व्यक्ती नहुदा वाख्रो मरेको पिडा समेत समितिलाई सुनाउँदै थिए । उनले भने “मेरो अस्ती एउटा वाख्रो विरामी पर्‍यो एकजना हुनुहुन्छ वार्ड नं ५ को जगत बहादुर लम्साल तर उहाँ सधै घरमा भेटिनुहुदैन ।” पिडादायक मुद्रामा कार्कीले सुनाए “बाख्रो २ दिन विरामी पर्यो कसैले भन्छ गाउँघरे गाँजा ख्वाएर हुन्छ, कसैले भन्छ अमिले ख्वाउनु पर्छ तर हुने होकी हाईन त्यसै गर्दा गर्दे वाख्रो मर्यो ।”
यस्तै अन्तर्कृयामा सहभागी छापहिले गाविसका चित्र बहादुर महताराको गुनासो पनि कम थिएन । उनले अहिले सम्म पनि कृषकहरुलाई पशुहरु पनि विरामी हुन्छन र उनिहरुको पनि उपचार हुन्छ भन्ने कुराको जानकारी नभएको बताए । कृषी व्यवसायमा युवाहरुको उपस्थीती कम हुने गरेको भन्ने आरोपलाई तोड्दै सहभागी भएका महताराले जति कुरा भाषणमा हुन्छ व्यवहारमा त्यती हुने नगरे को बताए । उनले भने“हामीहरुले यहाँ भाषण त गर्‍यो, भकारो सुधार पनि भयो,गोठ सुधार पनि भयो तर व्यवहारमा यहि कुरा उतार्न निकै कठिन छ । ”उनले भने “सवैभन्दा पहिला त हाम्रा गाउँका अनपढ बुवाआमालाई यो कुराको जानकारी गराउनु जरुरी छ की पशु पनि एउटा जनावर हो उसलाई पनि रोग लाग्छ,उसको पनि उपचार हुन्छ भनेर ।”
सदरमुकाम तम्घास वाट अन्र्तक्रियामा सहभागी हुन घमिर पुगेका जिल्ला पशुसेवा कार्यलय गुल्मीका प्रमुख डाःहरी बहादुर राना,जिल्ला वन कार्यलयका प्रमुख शिव प्रसाद शर्मा लगाएतले कृषकहरुलाई आफुहरुको संस्थाले विस्तारै कार्यक्रम दिदै जाने र कृषहरुलाई हत्तोस्साहित नभईकन काम गर्ने सल्लाह दिएर फर्केका छन । वजार अनुगमनको क्रममा वजार अनुगमन समितिले दिएको निर्देशनलाई अटेर गरेको भन्दै अनुगमन समितिले गुल्मी जिल्लाको सदरमुकाम तमघासमा स्थित बाख्रेछेडाका केही व्यापारीहरुवाट विभिन्न सामग्रिहरु वगरामद गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग