Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विश्व एड्स दिवस गुल्मीमा पनि विभिन्न कार्यक्रम गरी मनाईयो

Published on 1:29:00 AM //

पि.एम.मगर
२४ औँ विश्व एड्स दिवस गुल्मी जिल्लामा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला एड्स समन्वय समिति गुल्मीको अयोजनामा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्लामा अहिले एचआईभी एड्स संक्रमितहरुको संख्यामा वृद्धि हुँदै गएको जानकारी दिँदै जिल्ला एड्स समन्वय समितिका संयोजक गीता अर्यालले अहिले जिल्लामा १ सय ४० जना एचआईभी संक्रमितहरुको तथ्याङ्क रहेको जनाकारी दिए ।
यस्तै राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र नार्डेक नेपालका संयोजक रामवहादुर कुँवरले राष्ट्रिय तथ्याङ्कका विषयमा जानकारी गराए । कार्यक्रममा सहभागीहरुले एचआईभी एड्स रोगलाई निर्मुल गर्न प्रत्येक गाविसमा सचेतना कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड् दिएका थिए । राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र नार्डेक नेपालका अध्यक्ष रेशम कुवँरले समाजमा एचआईभी संक्रमितहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसक्दा उनीहरु खुलेर आउन नसकेको वताए । साथै उनले नार्डेकले पनि जिल्लामा एचआईभी एड्स संक्रमितहरुको पक्षमा काम गर्दै आएको वताए ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद पन्थीको स्वागत मन्तव्य तथा जिल्ला एड्स समन्वय समिति गुल्मीकी संयोजक गीता अर्यालको सञ्चालन रहेको थियो भने वरिष्ठ जनस्वास्थ्य अधिकृत श्रवण कुमार नायकले धन्यवाद मन्तव्य राखेका थिए । अन्तरकृया कार्यक्रम शुरु हुनु पुर्व “शुन्य पुर्याऔँ ः एच.आई.भी.को नयाँ संक्रमण, भेदभाव र एड्सवाट हुने मृत्युलाई शुन्यतामा पुर्याऔँ" भन्ने मुल नाराका साथ विभिन्न प्ले कार्ड सहित जिल्ला जन–स्वास्थ्य कार्यालय गुल्मीको प्राङ्गणवाट निस्केको ¥यालीले सदरमुकाम तमघासका विभिन्न स्थानको परिक्रमा गरी लाँकुरी मञ्चमा आई सभामा परिणत भएको थियो । ¥यालीमा राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र नार्डेक गुल्मी, रेसुङ्गा सामुदायिक प्रहरी सेवा समाज, तमघास टेक्निकल शिक्षालय, अर्जुन वोर्डिङ्ग हाई स्कुल लगायत विभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधी, समाजसेवी, पत्रकार लगायतको सहभागीता रहेको थियो । यस्तै २४ औँ विश्व एड्स दिवसको अवसरमा देविस्थान उच्च माध्यमिक विद्यालय घमिरमा पनि एक कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयवाट निस्केको सचेतनामुलक र्याली विभिन्न परिक्रमा गर्दै कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्वोधन गर्दै घमिर उप–स्वास्थ्यचौकीका इन्चार्ज वाववुराम कुवँरले कण्डमको प्रयोग तथा पहुँचतालाई प्रभावकारी वनाउन सके एचआईभी एड्स तथा यौनजन्य रोगहरुवाट वच्न सकिने यस विषयमा सवै व्याक्ति सचेत हुनुपर्नेमा जोड् दिए । साथै एचआईभी एड्सका विषयमा सचेतना कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड् दिँदै यसमा सवै पक्षको सहयोग हुनुपर्ने वताए ।
उपस्वास्थ्य चौकी इन्चार्ज वावुराम कुवँरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि देविस्थान उच्च माविका प्रधानाध्यापक हेमराज पौडेल, गाविस सचिव राजु शर्मा, उच्च माध्यमिक विद्यालय संयोजक हुमवहादुर घर्ति लगायतको विशेष सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थी, विभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधी, वुद्धिजीवि, समाजसेवी, पत्रकार लगायत स्थानीयवासीहरुको पनि सहभागीता रहेको थियो । कार्यक्रम अनमी सिता अर्यालको स्वागत मन्तव्य तथा रेडियो रेसुङ्गाका सहकर्मी राजेन्द्र पन्थीको सञ्चालन रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग