Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काँग्रेस नेतृत्वको सरकारले संविधान जारी गर्न पाउनुपर्छ ः शेखर कोईराला

Published on 4:26:00 AM //

गगनशिला खड्का
 नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले काँग्रेस नेतृत्वको राष्ट्रिय सहमतिको सरकारले संविधान जारी गर्न पाउनुपर्ने बताएका छन । माओवादीलाई शान्ति प्रकृयामा ल्याउन काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेकोले काँग्रेसले संविधान जारी गर्न पाउनुपर्ने उनको भनाई छ । कांग्रेस क्षेत्र न १ गुल्मीको प्रथम क्षेत्रीय अधिवेशनका लागी आएका कोइरालाले तम्घासमा प्रेश युनियनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन । शान्ति र संविधान जारी गरेपछि चुनावी सरकारको नेतृत्व काँग्रेसले गर्ने माओवादीले प्रचार गरेपनि त्यसो हुन नसक्ने उनको भनाई छ ।

गुल्मीको सदरमुकाम तम्घासमा प्रेश युनियनले गरेको पत्रकार सम्मेलनमा
बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला । 
लडाकु र हतियार अलग भई लडाकुहरु सेनाको मातहतमा गएर तालिम लिन थालेपछि काँग्रेस सरकारमा जाने नत्र बरु विपक्षमै बसेर माओवादीलाई वार्न गर्ने उनको भनाई छ । “ हतियारबाट अलग भई लडाकु सेनाको मातहतमा आईसकेपछि संविधान जारी काँग्रेसको राष्ट्रिय सहमतिको सरकारको नेतृत्वमा हुनुपर्छ, उनले भने – “ माओवादीले चुनावी सरकारको नेतृत्व काँग्रेसले गर्ने भनेर प्रचार गरेको छ त्यो भन्दा बरु विपक्षमै बसेर माओ वादीलाई वार्न गरीरहन्छौँ ।” कोइरालाले माओवादीले लडाकुको नाममा संस्थागत भ्रष्टाचार गरेको आरोप लगाए ।
अनमिले प्रमाणिकरण गर्ने बेला नक्कली लडाकु बनाएर १ अरव २५ करोड रुपैयाँ राज्यकोष दुरुपयोग गरेको आरोप लगाए । लडाकुहरुलाई लिँदाखेरी अनमिनले प्रमाणीत गरेपछि स्वेच्छिक अवकाश लिनुस वा समायोजनमा जानुस भन्दा पनि नआएपछि अनमिनलाई प्रभावमा पारेर नक्कली लडाकु बनाएको उनको आरोप छ । ६ हजार ५ सय भन्दा बढी लडाकु समायोजन हुन नसक्ने पनि कोईरालाको भनाई छ ।
कोईरालाले राज्य पुनरसंरचना जस्तो महत्वपूर्ण काममा विज्ञहरु राख्नुको साटो दलहरुले भागबण्डा गरेकोले यसले गर्ने कामको त्यती आशा गर्न नसकिने बताए । “राज्य पुनरसंरचना जस्तो कामको लागी विज्ञहरु राखिनुपथ्यो तर सबै दलिय भागबण्डामा लाग्यौ, उनले भने– “त्यस्तो विज्ञ कोही नभएकोले यसबाट त्यती धेरे आश गर्न सकिँदैन । माओवादीले नै जातीयताको मुद्धालाई प्राथमिकता दिएको र संयोजकका लागी कृष्ण खनालको विषयमा कुरा गर्दा प्रचण्डले जनजातीको संयोजक हुनुपर्ने कुरा गरेकोले विज्ञहरुको आयोग बन्न नसकको उनको भनाइ छ ।
नेपालजस्तो सानो देशमा राष्ट्रिप्ितय प्रणली लगाउँदा तानाशाह जन्माउने भएकोले मिश्रीत प्रणली उपयुक्त हुने उनको भनाई थियो । कोइरालाले विज्ञहरु भन्दा बाहिर गएर माओवादीले व्यक्ति विशेषलाई संयोजक बनाउन खोज्दा संयोजक छान्न नसकिएको बताए ।
कोइरालाले काँग्रेस नेतृत्वको राष्ट्रिय सहमतिको सरकारले संविधान जारी गर्न
 पाउनुपर्ने बताउनुभएको छ । तस्विर ः गगनशिला खड्का ।
विज्ञहरु भन्दा बाहिर राजनीतिक भागबण्डाबाट राज्य पुर्नसंरचना आयोग बनेकाले यसबाट धेरै अपेक्षा गर्न नसकिने समेत उनले बताए । उनले आयोगमा कांग्रेस, एमाले र मधेशवादी दलहरुले संयुक्त रुपमै प्रस्तुत गरेका विज्ञहरुलाई समेत ब्राह्मण भन्दै स्वीकार नगरेकै कारण संयोजक छान्न नसकिएको बताए । कांग्रेस लगायत दलले कुलचन्द्र गौतम, कृष्ण खनाल, केदारभक्त माथेमा, गणेश गुरुङ्ग लगायतका नाम प्रस्ताव गरेपनि माओवादी अध्यक्ष प्रचण्ड पद्मरत्न तुलाधर भन्दा बाहिर जान नसकेपछि अन्य दलले पनि उहा“लाई अस्वीकार गर्न बाध्य भएको कोइरालाले बताए ।
कोइराला शुक्रबार नै नेपाली कांग्रेस १ नं. निर्वाचन क्षेत्रको क्षेत्रीय सम्मेलनको उद्घाटनका लागि गुल्मीको खैरनीमा गएका छन । शनिवार उद्घाटन हुने सम्मेलनका लागि कोइराला सहित नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु चन्द्र भण्डारी, राजन पन्त र गगन थापा गुल्मी आएका हुन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग