Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘ब्राह्मणलाई स्वीकार नगर्दा पुर्नसंरचना आयोगमा संयोजक छान्न सकिएन’

Published on 9:01:00 PM //

घनश्याम गौतम
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर शेखर कोइरालाले विज्ञहरु भन्दा बाहिर गएर माओवादीले व्यक्ति विशेषलाई संयोजक बनाउन खोज्दा संयोजक छान्न नसकिएको बताउनु भएको छ । विज्ञहरु भन्दा बाहिर राजनीतिक भागबण्डाबाट राज्य पुर्नसंरचना आयोग बनेकाले यसबाट धेरै अपेक्षा गर्न नसकिने समेत उहा“ले बताउनु भएको छ ।
नेपाली कांग्रेस गुल्मीको १ नं. निर्वाचन क्षेत्रको क्षेत्रीय सम्मेलन उद्घाटनका लागि हिजो तम्घास आएका कोइरालाले प्रेस युनियले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगमा कांग्रेस, एमाले र मधेशवादी दलहरुले संयुक्त रुपमै प्रस्तुत गरेका विज्ञहरुलाई समेत ब्राह्मण भन्दै स्वीकार नगरेकै कारण संयोजक छान्न नसकिएको बताउनु भयो । कांग्रेस लगायत दलले कुलचन्द्र गौतम, कृष्ण खनाल, केदारभक्त माथेमा, गणेश गुरुङ्ग लगायतका नाम प्रस्ताव गरेपनि माओवादी अध्यक्ष प्रचण्ड पद्मरत्न तुलाधर भन्दा बाहिर जान नसकेपछि अन्य दलले पनि उँहालाई अस्वीकार गर्न बाध्य भएको कोइरालाले बताउनु भयो ।
संचारकर्मीहरुको जिज्ञासामा माओवादी भित्र देखिएको अन्र्तविरोधले घर जग्गा फिर्तामा समस्या देखिएको भएपनि सेना समायोजन भएर लडाकुले हतियार बुझाएपछि शान्ति प्रकृया अगाडी बढ्ने र घरजग्गा फिर्ताका लागि राज्यले नै पहल शुरु गर्ने उहा“को भनाई थियो । अहिलेको सरकारले शान्ति प्रकृया टुङ्गोमा पु¥याउने र त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारले मात्र संविधान जारी गर्ने समेत कोइरालाले दावी गर्नु भएको छ । कोइराला आज नै नेपाली कांग्रेस १ नं. निर्वाचन क्षेत्रको क्षेत्रीय सम्मेलनको उद्घाटनका लागि गुल्मीको खैरनीमा जानु भएको छ । भोली उद्घाटन हुने सम्मेलनका लागि कोइराला सहित नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु चन्द्र भण्डारी, राजन पन्त र गगन थापा गुल्मी आउनु भएको छ ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग