Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी-रुद्रवेणी सडक स्तरोन्नतीमा ढिलाई

Published on 4:41:00 AM //

घनश्याम गौतम
विश्व बैंकको आइडिए श्रृण तथा अनुदान सहयोगमा स्तरोन्नती हुन लागेको जिल्लाकै महत्वपूर्ण सडक रिडी रुद्रवेणी सडकका काममा ढिलाई भएको छ ।

निर्माण भएको झण्डै ३० वर्षपछि स्तरोन्नतीका लागि सम्झौता भएपनि सम्झौता भएको छ महिना बित्न लाग्दा समेत काम शुरु नभएको हो । विश्वबैंकको आइडिए श्रृण तथा अनुदान सहयोगमा ग्रामिण पहुँच सुधार तथा विकेन्द्रीकरण परियोजना -(आरएआईडिपी)ले रिडी रुद्रवेणी वामीटक्सार र तम्घास सिमलटारी पुर्कोटदह सडकको स्तरोन्नती गर्न जेठमा सम्झौता गरेको थियो ।
सम्झौता अनुसार असारमा काम शुरु गरी आउने साउनमा सिध्याउनु पर्ने भएपनि तम्घास सिमलटारी सडक खण्डका लागि सम्झौता गरेको काठमाण्डौको महादेव, खिम्ती, मिचिको संयुक्त कम्पनीले मात्र काम शुरु गरेको छ । तर जिल्लाकै अति व्यस्त मानिने रिडी रुद्रवेणी सडक खण्डका लागि कामको सम्झौता गरेको धादिङ्गको प्यासिफिक विर्ल्डस प्रा.लि.ले सम्झौताको छ महिना बित्न लाग्दा समेत काम शुरु गरेको छैन् । जिविसले आहृवान गरेको इबिडिङ्गमा दुर्इ छुट्टाछुट्टै सडकमा ३४ र २५ प्रतिशतसम्म कम कबोलमा ठेक्का निवेदन स्वीकृत गराएका थिए ।
जिविसले रिडी रुद्रवेणी वामी खण्डका लागि ३ करोड ८ लाख ८० हजार रुपैंयाको ठेक्का आहृवान गरेकोमा १ करोड ७९ लाख २ हजार रुपैंया र तम्घास सिमलटारी पुर्कोटदह सडकका लागि २ करोड ७१ लाख ७५ हजार ठेक्का आहृवान गरेकोमा १ करोड ७९ लाख २९ हजार रुपैंयामा ठेक्का स्वीकृत भएको थियो ।
जिविस इन्जिनियर पुष्परत्न रञ्जितका अनुसार रिडी रुद्रवेणी सडकमा ३ किलोमिटर स्तरोन्नती र १६ किलोमिटरसम्म सडक चौडा गर्ने, नाली खन्ने, कल्भर्ट निर्माण लगायतका काम हुनेछन् । सम्झौता अनुसार काम शुरु हुन केही ढिलाई भएको भएपनि यसै साता देखि सामान्य काम शुरु भएको उनले बताए । अब छिट्टै कामले गति लिन्छ’, रञ्जितले भने, साउन मसान्त अघि नै सक्ने गरी काम गर्न निर्देशन दिएका छौं ।’ एमाले जिल्ला सचिव सोमनाथ सापकोटोले काममा निकै ढिलाई भएको बताए ।
अन्य सडक भन्दा रिडी रुद्रवेणी सडक बढी चट्टानयुक्त र अत्यन्तै साँघुरो समेत भएकोले यस सडक खण्डको स्तरोन्नती र निर्माणमा सबैले चासो दिनुपर्ने उनले बताए । अप्ठे्यारो बाटोमा ३४ प्रतिशत कममा ठेक्का स्वीकृत भएकाले काम नहुने हो कि भन्ने चिन्ता हो ।’, उनले भने । जिल्लाको १ नं. निर्वाचन क्षेत्र र बाग्लुङ्ग जिल्ला जोड्ने यो सडक ४२ किलोमिटर लामो छ ।
त्यस्तै निर्वाचन क्षेत्र नं. ३ सहित प्यूठान जोड्ने तम्घास सिमलटारी पुर्कोटदह सडक खण्डमा भने साढे ७ किलोमिटर स्तरोन्नती र १६ किलोमिटरसम्म सडक चौडा, वाल, नाली निर्माणका काम हुने परियोजनाले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग