Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शैक्षिक संथामा मानवअधिार सचेतन कक्षा सम्पन्न

Published on 2:57:00 AM //


नरेश भण्डारी
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) जिल्ला कार्यालय गुल्मीको आयोजनामा ०६८ मंसिर २२ गते इश्वरी उच्च मावि दरवार देविस्थानमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थिहरु विच मानवअधिकार शिक्षा विषयक सचेतन कक्षा कार्यक्रम सम्पन्न भयो ।
इन्सेक जिल्ला कार्यालय गुल्मीले ०६८ मंसिर २२ गते इश्वरी उच्च मावि दरवास
देविस्थानमा आयोजना गरेको मानवअधिकार शिक्षा विषयक
सचेतन कक्षा कार्यक्रममा सहभागी विद्यार्थीहरुको
सामुहिक तस्वीर ।
विद्यालयका सहायक प्राचार्य हरिबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका सहभागीहरुले कोरा कितावी ज्ञानका अतिरिक्त मानवअधिकार र नागरिक शिक्षा जस्ता विषय समेटीएको कार्यक्रमले व्यबहारिक सिकाई भएको धारणा राखे । साथै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
कार्याक्रममा संयुक्त राष्ट्रसंघ र ठुला महासन्धि बारेमा इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसाल, मानवअधिकार एवं यसको विकासक्रमबारे इन्सेक जिल्ला प्रतिनिधि नरेश भण्डारीले र किशोराबस्था र स्वास्थ्यको अधिकार बारे दरवारदेविस्थान उपस्वास्थ्य चौकीका इन्चार्ज नारायण अर्यालले सहजिकरण गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग