Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चौध गाविसमा अझै पुगेन बिजुली

Published on 1:54:00 PM //

जिल्लाका अधिकांश गाविसका विद्युतीकरण भएपनि अझै १४ गाविसमा विद्युत पुग्न सकेको छैन । २० वर्ष अघि शुरु भएको गुल्मी जिल्लाको विद्युतीकरणमा स्थानीयस्तरबाटै उपभोक्ताले लगानी शुरु गरेपछि जिल्लाले विद्युतीकरणमा फड्को मारेको हो । ७९ गाविस मध्ये विद्युत सेवा पुग्न अब १४ गाविस मात्र बाँकी रहेका छन् ।
सरकारले ग्रामिण क्षेत्रमा विद्युतीकरणका लागि २० प्रतिशत लगानी गर्ने उपभोक्तालाई ८० प्रतिशत सहयोग गर्ने सामुदायीक ग्रामिण विद्युतीकरण कार्यक्रम सार्वजनिक गरेपछि २०६० सालदेखि जिल्लाको विद्युतीकरण तिब्र बनेको थियो ।
शुरुमा पाँच योजनाका ८ गाविसबाट शुरु भएको विद्युतीकरण योजना अहिले ४७ योजना सहित झण्डै ४८ गाविसमा विस्तार भएको ग्रामिण सामुदायीक विद्युतीकरण उपभोक्ता महासंघका महासचिव नारायण ज्ञवालीले बताए ।
सामुदायीक विद्युतीकरण अन्र्तगत अहिलेसम्म ४० गाविसमा बिजुली बलीसकेको छ । ७ गाविसमा विद्युतीकरणको काम भैरहेको ग्रामिण सामुदायीक विद्युतीकरण उपभोक्ता महासंघले जनाएको छ । सामुदायीक ग्रामिण विद्युतीकरणमा गुल्मी नेपालमै पहिलो भएको ज्ञवालीले बताए ।
संघका अनुसार अहिले ग्रामिण सामुदायीक विद्युतीकरण अन्र्तगत २२ हजार घरधुरीमा बत्ति बलिसकेको छ । काम भैरहेका थप योजनाले ३० हजार भन्दा बढी घर धुरीमा बिजुली पुग्दै छ । आप्mनो गाउँको विद्युतीकरणका लागि स्थानीयले १० करोड भन्दा बढी लगानी गरेका छन् । ‘आप्mनो योजना आपैm बनाउनुपर्छ भनेरै हामी शुरु गरेका हौं’, बलेटक्सार ग्रामिण सामुदायीकका उपभोक्ता समेत रहेका महासचिव ज्ञवालीले भने, ‘गुल्मेली जनताले छिटो बुभ्mन सफल भएकै कारण सामुदायीक विद्युतीकरणमा गुल्मी अगाडी बढेको हो ।’ जिल्लाको विद्युतीकरणमा मात्र ५० करोड भन्दा बढी लगानी भैसकेको उनले बताए ।
सामुदायीक विद्युतीकरणमा लागनी भएको ५० करोड मध्ये २० प्रतिशतले उपभोक्ताले प्रति घर १ देखि ५ हजारसम्म संकलन गरेर १० करोड भन्दा बढी लगानी गरेका छन् । उपभोक्ता आपैmले गरेको लगानीले उपभोक्तालाई न्यूनतम महशुलमा प्राधिकरणको भन्दा प्रति महिना १५ रूपैंया भन्दा बढी सस्तो समेत बनाएको छ ।
त्यस्तै जिल्लामै विभिन्न संस्थामा ८० जना भन्दा बढीले स्थानीय स्तरमै रोजगारी पाएका छन् । गाउँगाउँमा बिजुली सुविधा पुगेपछि गाउँपिच्छे कुटानी पिसानी मिल, फर्निचर उद्योग, कुखुरा पालन व्यवसाय खुलेका छन् । प्राधिकरणको तुलनामा चुहावट कम र बक्यौता बाँकी रहने कुनै समस्या समेत सामुदायीक विद्युतीकरणमा छैन ।
सामुदायीक विद्युतीकरणमा स्थानीय उपभोक्तासंगै जिविस, गाविसले समेत लगानी गरेका छन् । जिल्लाका ७९ गाविस मध्ये २० वर्षको अवधिमा जिल्लाका ३० भन्दा बढी गाविसमा प्राधिकरणले सेवा पु¥याएको छ ।
कतिपय गाविसमा सामुदायीक र प्राधिकरण दुवैको सेवा पुगेको छ भने १४ गाविसमा अभैm पनि विद्युत सुविधा पुग्न नसकेको प्राधिकरण प्रमुख विनोद चौधरीले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग