Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रेमिकाको गुप्तांगमा तालाचाँबी !!!

Published on 3:26:00 AM //


भनिन्छ प्रेम सम्बन्ध विश्वासमा अडिएको हुन्छ । आफ्नो प्रेमी वा प्रेमिकालाई विश्वास गरियो भने मात्र सम्बन्ध दिगो हुन्छ । तर अविश्वास भयो भने शंकाले लंका जलाउाछ भन्ने उखान झैा सबै चिज बिग्रन्छ । प्रेम सम्बन्धमा अविश्वास उत्पन्न भयो भने के होला ? अवश्य पनि सम्बन्ध टुट्छ । अविश्वासको कुद हदसम्म सम्बन्ध अघि बढ्नसक्छ भन्ने मात्र हो ।
कुनै प्रेमीलाई आफ्नी प्रेमिकालाई कतिसम्म अविश्वास गर्नसक्छ भन्ने कुरा भने चीनका एकजना युवकले देखाइदिएका छन् । आफ्नी प्रेमिकाले अरु कसैसाग पनि यौन सम्पकै नराखुन् भनेर ती युवाले युवतीको गुप्तांगमा तालाचाँबी लगाइदिएका छन् ।
यद्यपि उक्त चाँबी ढोकामा लगाउने जस्तो भने होइन । चेस्टीटी बेल्ट भनिने एक प्रकारको पौराणिक साधन उनले प्रेमिकाको गुप्तांगमा लगाइदिएका छन् । पौराणिक कालमा मानिसहरुले आफुलाई कामवासना बाट मुक्त गर्न लगाउने गरेको उक्त इन्दि्रय कवच मानिसको यौनांगमा लगाएपछि महिला वा पुरुषले अरुसाग सेक्स गर्न नसक्ने मात्र होइन हस्तमैथुन पनि गर्न सक्दैनन् ।
२९ वर्षका ही नामका ती युवकले गएको अगष्ट महिनामा आफ्नी प्रेमिका जिया तियानलाई अरु युवकहरुसाग हिाडेको देखेपछि उनी प्रेमिकाको गुप्तांगमा ताला चााबी लगाइदिने निष्कर्षमा पुगेका रहेछन् ।
गुप्तांगमा तालाचााबी लगाइदिएपछि उनले प्रेमिकालाई छाडेछन् र हरेक दिन ताला ठिक छ की छैन जाँच्ने गर्दा रहेछन् । एकदिन प्रेमिकाले उक्त ताला खोलेर फेरी लगाएको थाहा पाएपछि उनले कुटपिट गरेर कोठाभित्र थुनेछन् । प्रेमीबाट यातना पाएपछि एकदिन ती युवतीले एउटा कागजमा सहयोगका याचना गर्दै एक पत्र लेखेर कोठाको झ्यालबाट तल सडकमा फालिन् । उक्त कागज कोही व्यक्तिले पढेछ र सोही आधारमा प्रहरीमा उजुरी गरेपछि प्रहरीले ती युवलाई नियन्त्रणमा लियो । ती युवकमाथि अदालतमा मुद्धा समेत चल्यो र अहिले अदालतले उनलाई ७ महिनाको जेल सजाया सुनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग