Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा मगर संघको राष्ट्रिय महाधिवेशन शुरु

Published on 4:08:00 PM //


लडाकुको रकम पार्टीले छानविन गर्छ: अर्थमन्त्री पुन

घनश्याम गौतम
नेपाल मगर संघको दशौं राष्ट्रिय महाधिवेशन आज देखि गुल्मीको तम्घासमा शुरु भएको छ ।
महाधिवेशनको अर्थमन्त्री एवं माओवादी नेता बर्षमान पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनमा ६५ भन्दा बढी जिल्लाबाट पर्यवेक्षक सहित झण्डै ५ हजार प्रतिनिधि सहभागी छन् । नयाँ नेतृत्व समेत चयन गर्दै महाधिवेशन मंसिर २७ गते सम्पन्न हुने महाधिवेशन व्यवस्थापन समिति संयो जक बालसिंह काउछाले बताउनु भयो । दुई साता देखि अभाव भएको इन्धनका कारण मगर संघको महाधिवेशन समेत प्रभावित भएको छ । लुम्बिनी अंचलका विभिन्न जिल्लाबाट झण्डै ५० बस मगरहरु महाधिवेशन उद्घाटनका लागि सहभागि हुने बताईएपनि इन्धन अभावले बस संचालन हुन नसकेको मगर संघले जनाएको छ ।
महाधिवेशन उद्घाटनका लागि आजै तम्घास आएका अर्थमन्त्री वर्षमान पुनले क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा देशको अर्थतन्त्र सुधारोन्मुख भएको बताउनु भएको छ । पत्रकारहरुको जिज्ञासामा नक्कली लडाकुहरुका नाममा अर्बौ रुपैंया अनियमितता भयो भन्नु ठुला पार्टीहरुको धर्म भएको बताउनु भयो । मन्त्री पुनले लडाकुहरुलाई गएको रकम राज्यकै ढुकुटी भएपनि अर्थमन्त्रालयको तर्पmबाट त्यसको छानविन गर्ने बारेमा भने केही बोल्नु भएन । तर ठुलो पार्टी भएका नाताले पनि पार्टीको तर्फबाट त्यसको छानविन गरिने उहाले जानकारी दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग