Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाज कतारको बैठक सम्पन्न

Published on 2:24:00 PM //

कुमार "अबिरल" पन्थी
गुल्मी सेवा समाज दोहा कतारको मासिक बैठक सम्पन्न भएको छ। सो बैठक सस्थाका अध्यक्ष श्री दोर्ण बहादुर बस्नेत को अध्यक्षतामा बसेको थियो। साथै सस्था का अन्य पदाधिकारीहरु लगायत कतार बासी गुल्मीले मित्रहरुको विशेष उपस्थतीमा बैठक सम्पन्न भएको छ। हरेक महिना बस्दै आएको उक्त बैठक यो महिना पनि मिती (२०६८-८-२३)अर्थात ०९-१२-२०११ सुक्रवारको दिन सम्पन्न भएको छ ।
साथै रोजगारिको सिलसिलामा कतारमा कार्यरत सम्पूर्ण गुल्मेली दाजु-भाई तथा दिदि-बहिनीहरुलाई बैठकमा आफु स्वयम उपस्थित भई सस्थामा सदस्यता लिन र पुरना सदस्यहरुले आफ्नो सद्स्यता नविकरन गर्नुहुन अनुरोध समाजले सबैमा आग्रह गरेको छ । साथै सस्थाको नियमित बैठकले आगामी फेब्रुअरी १७ तरिखमा आफ्नो चौथो साधारण सभा गर्ने उक्त बैठकमा निर्णय भएको छ । गुल्मी सेवा समाज दोहा कतारको संसोधित बिधान अनुसार प्रत्येक वर्षमा सस्थाको वार्षिक भेला र हरेक २ वर्षमा साधारण सभा गर्ने गरेको समाजले जानकारी गराएको छ ।  

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग