Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आज गुल्मी जिल्ला बन्द हुने

Published on 9:09:00 PM //

अनिल खत्री
कालिकोटमा भएको दलित हत्याको विरोधमा भोली गुल्मी जिल्ला बन्द गरीने भएको छ । कालिकोटको जुविथा– ६ का मनविर सुनारको  चुल्हो छोएको निहुँमा हत्या गरिएको विरोधमा दलित साझा मञ्च गुल्मीले आज बन्द आह्वान गरेको हो । गुल्मीका  विभिन्न राजनीतिक दल निकटका जनबर्गिय संगठनहरुको  संयुक्त  संगठन दलित साझा मञ्च गुल्मीले बन्दको आह्वान गरेको हो । जातिय छुवाछुतलाई गम्भिर सामाजिक अपराध मानी छुवाछुत गर्नेलाइ कडा भन्दा कडा   कार्वाही गर्ने निति लिई कानुन समेत निर्माण भईसकेको वर्तमान अवस्थामा यस्तो घटना हुनु मानवता विरोधी जघन्य अपराधको साथै राजयको नितिनियमको घोर उल्लङघन भएको ठहर गदै घटनाको घोर भत्र्सना गरेको छ ।
यस घटनाको विषयमा चार सूत्रिय माग पत्र सहित जिल्ला प्रशाशन कार्यलय गुल्मीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र प्रस्तुत गरीसकीएको र हालसम्म कुनैपनी मागहरु सम्बोधन नगरीएकोले तत्काल उक्त मागहरुलाई पूरा गराउन दबाब मूलक कार्यक्रम स्वरुप एक दिनको लागी गुल्मी बन्द घोषणा गरीएको छ । मनविर सुनारलाई  ससम्मान सहिद घोषणा गर्नुपर्ने, परिवारलाई क्षतिपूर्ति र दोषीलाई कडा कारवाहि गर्नुपर्ने,मृतकका परीबारलाई शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग राखीएको दलित साझा मञ्च गुल्मीका सहसंयोजक रोम विश्वकर्माको हस्ताक्षरीत प्रेस विज्ञप्तीमा उल्लेख गरीएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग