Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुधारिएको चुलोको अनुगमन सम्पन्न

Published on 9:03:00 PM //


अनिल खत्री
ग्रामीण आर्थिक बिकास केन्द्र रेडा पाल्पाको सहयोग र नव प्रभात युवा संघ गुल्मीको आयोजनामा आज गुल्मीको हर्दिनेटा गाबिसको लुम्छामा सुधारिएको चुलो निर्माणको अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नव प्रभात युवा संघ गुल्मीका कोषध्यक्ष राजेन्द्र प्रसाद अर्यालले सुधारिएको चुलो निर्माण पछि यसका फइदाबारेमा प्रकास पार्नु भएको थियो । सहभागि महिला तथा त्यस क्षेत्रमा २०५७ साल देखि चुलो निर्माण गदै आउनु भएकी राधिका पन्थीले सुधारिएको चुलो निर्माण चुलो निर्माण गर्दा यसको फाइदाको बारेमा नबुझिकन कतिपयले नबनाउने र बनाएकाले पनि भत्काउने गरेको समेत गुनासो ब्याक्त गर्नु भएका थियो । त्यस्तै कार्यक्रममा अर्की सहभागि महिला पुनकला भुसालले ठुलो परिवारमा भने समस्या भएता पनि सानो परिवारलाइ भने निकै फाइदा गरेको उहाको भनाइ रहेको थियो भने त्यस्तै नेकपा एमाले हर्दिनेटा गाउ कमिटीका उपाध्यक्ष बाबुराम अर्यालले सुधारिएको चुलो अर्फमा फाइदा मुलक भएको र दाउरा  कम लाग्ने जस्ता कारणले पनि मानिस दाउराको समस्यामा नर्पर्नु पर्ने जस्ता भनाइ रहेको थियो भने त्यस्तै नेपाली काग्रेस हर्दिनेटा गाउ कमिटीका सदस्य कृष्ण प्रसाद पन्तले यसमा अझै बितृत्ररुपमा तालिम र जन चेलतना भएमा सबैले बनाउने समेत भनाइ राख्नु भएको थियो ।
कार्यक्रम नव प्रभात युवा संघ गुल्मीका कोषध्यक्ष राजेन्द्र प्रसाद अर्यालको अध्यक्षता उर्ज तथा बतावरण बिकास केन्द्र गुल्मीका अधिकृत चिरन्जीबि भट्टराइको प्रमुख आतिथ्यता र नेकपा एमाले हर्दिनेटा गाउ कमिटीका उपाध्यक्ष बाबुराम अर्याल, नेपाली काग्रेस हर्दिनेटा गाउ कमिटीका सदस्य कृष्ण प्रसाद पन्त लगायत स्थानिय महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रमा उपस्थित सहभागिहरुले केहि घरमा रहेका चुलो हरुको समेत अनुगमन गरेको थियो । कार्यक्रममको सहजि करण भने फिल्ड टेक्नीसियन कोडिनेटर ज्ञानबहादुर महतराले गर्नु भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग