१९ वर्षमा साढे ५ हजारसँग सेक्स
Published on
9:26:00 PM //
बेलायतमा एक जोडीले झण्डै साढे ५ हजार जनासँग सम्भोग गरेको छ । ४० वर्षका जओफ डेनियल र ३९ वर्षकी साराह मूरले बितेका १९ वर्षमा जम्माजम्मी यतिधेरै मानिसहरुसँग सम्भोग गरेका हुन् ।
सेक्स सेरोगेटको रुपमा क्रियाशील बेलायतको यो जोडिले मानिसलाई व्यवहारिक र प्रयोगात्मक रुपमा सेक्स सिकाउन विश्वको भ्रमण समेत गरेको छ । यस क्रममा साराहले ३ हजार ३ सय २३ जना पुरुषसँग सम्भोग गरेकी छिन् । जसमा ५२ जना पुरुष भर्जिन थिए । त्यस्तै डेनियल्सले २ हजार १ सय ६२ जना महिलासँग सेक्स गरेका छन् जसमा ४९ जना महिला भर्जिन थिए ।यौनकार्य सम्बन्धि व्यवसायिक प्रशिक्षक रहेको यो जोडिले मानिसहरुलाई सम्भोग गरेरै प्रयोगात्मक रुपमा यौनिक जटिलता तथा यौन आनन्द पाउने उपायको बारेमा पनि सिकाउने गर्छ ।
साराहले आफुलाई आफ्नो कामप्रति गर्व महसुस हुने बताउँछिन् । आफुलाई हजारौँ मानिससँग सेक्स गर्न गाह्रो नभएको बताउँछिन् । डाक्टरहरुले समेत यौन समस्याको उपचारका लागि विरामीहरुलाई आफुकहाँ पठाउने भएकाले आफुले उपचार स्वरुप सम्भोग गर्ने गरेको भन्दै उनले आफु यस अर्थमा वेश्या नभएको जिकिर गरिन् । आफुले यौन सुख दिएर मानिसहरुको उपचार गरेको उनको भनाइ छ ।










0 प्रतिकृयाहरु