Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

'लडाकुको रकम अनियमितताबारे छानबिन हुन्छ'

Published on 4:17:00 PM //


घनश्याम गौतम
अर्थमन्त्री वर्षमान पुनले लडाकुको रकम अनियमितताबारे पार्टीले छानबिन गर्ने बताएका छन् ।

'ठूलो पार्टी भएका नाताले पनि पार्टीको तर्फबाट त्यसको छानबिन गरिन्छ,' क्रान्तिकारी पत्रकार संघले शनिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ।

माओवादी स्थायी समिति सदस्यसमेत रहेका पुनले पार्टीले अनियमितताबारे छानबिन गर्ने बताए पनि अर्थमन्त्रालयले छानबिन गर्ने/नगर्ने बताएनन् । उनले नक्कली लडाकुहरुका नाममा अर्बौं रुपैया अनियमितता भयो भन्नु ठुला पार्टीहरुको धर्म भएको टिप्पणी गरे ।

नक्कली लडाकुहरुका नाममा माओवादीले संस्थागत भ्रष्टाचार गरेको भन्ने आरोप राजनीतिमा टिक्नैका लागि ठुला पार्टीका शीर्ष नेताहरुले गरिएको चर्चा भन्ने टिप्पणी गरे । 'त्यति नभने त उहाँहरुको राजनीति नै चल्दैन,' उनले भने, 'रकम दिने बेलामा सरकारका प्रतिनिधि नै गएर अनमिनको प्रमाणपत्र हेर्दै व्यक्ति व्यक्तिलाई चेक दिने गरिएको हो ।' मन्त्री पुनले रकम वितरणमा जाने सरकारी कर्मचारीमाथि नै अनियमिताको शंका गरे ।

अर्थमन्त्री पुनले देशको अर्थतन्त्र सुधारोन्मुख भएको बताए । तम्घासमा शनिवारदेखि सुरु भएको नेपाल मगर संघको दशौं राष्ट्रिय महाधिवेशन उदघाटनका लागि आएका मन्त्री पुनले राजश्व असुली बढेको, बैंकिङ्ग तरलता कम भएको, विदेशी मुद्राको संचिती उल्लेख बढेको भन्दै त्यसले अर्थतन्त्रमा अझै सुधार ल्याउने बताए ।

पुनले विदेशी मुद्रा संचिती गत वर्ष २ सय ७५ अर्व रहेकोमा त्यो अहिले बढेर ३ सय २० अर्वमा पुगेको जानकारी दिए ।

राजश्व असुली समेत बृद्धि भएको उनले बताए । 'गतवर्ष समग्र राजश्व असुली १२ प्रतिशत मात्र थियो', पत्रकार सम्मेलनमा उनले भने, 'यो वर्ष त्यो बढेर १७ प्रतिशत पुगेको छ ।' मन्त्री पुनले त्यसलाई अझै बढाएर २० प्रतिशत पुर्‍याउने गरी काम भैरहेको बताए ।

पत्रकारहरुको जिज्ञासामा युवा स्वरोजगार कोषको दुरुपयोग भएको आरोपमात्र भए पनि कोष उद्देश्य अनुरुप सञ्चालन हुन नसकेको भने स्वीकार गरे । कोषमा आफुले कुनै नीति परिवर्तन नगरेको जानकारी दिंदै अगाडीकै सरकारले तयार गरेको नीति अनुरुप नै कार्य भैरहेको बताए । 'कोष उद्देश्य अनुसार चलेको त छैन', उनले भने, 'दुरुपयोग नहोस भनेर कोषको नीति पुनरावलोकन गरेर छुट्टै मेकानिजम बनाउँदै छौं ।'

अर्को फरक प्रसंगमा पुनले अझै २/३ महिना राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने दावी गरे । सहमतिका लागि आफुहरु जुनसुकै बेला पनि मन्त्री पद छोड्न तयार रहेको समेत उनले बताए । 'सहमति हुन्छ भने हामी जतिसुकै बेला पनि मन्त्री छोड्न तयार छौं', पुनले भने, 'तर संविधान भट्टराई नेतृत्वकै सरकारले जारी गर्छ ।' उनले ठुला राजनीतिक दल भित्रको खिचलोले पनि भट्टराई नेतृत्वकै सरकार राष्ट्रिय सहमतिको सरकार बन्ने दावी गरे ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग