Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई सातादेखि इन्धन अभाव

Published on 1:18:00 AM //

घनश्याम गौतम 
लामो समयदेखि इन्धन आपूर्ति नहुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ । झन्डै दुई सातादेखि जिल्लाभर पेट्रोलियम पदार्थ अभावले एम्बुलेन्ससमेत बन्द भएका छन् ।

इन्धन अभावले सार्वजनिक सवारीसँगै शनिबारदेखि एम्बुलेन्ससमेत सञ्चालन हुन छाडेका छन् । एम्बुलेन्स नचल्दा गम्भीर प्रकृतिका बिरामी समस्यामा परेका छन् । पश्चिमाञ्चल ट्यांकर एसोसिएसनको आन्दोलनका कारण डिजेल र पेट्रोल जिल्लामा आएको छैन । आँखा उपचार केन्द्रले इन्धन अभावले एम्बुलेन्स सञ्चालनमा समस्या आएको जनाएको छ । 'अहिलेसम्म मागेको ५/१० लिटरले चल्दै आएको थियो,' केन्द्र इन्चार्ज सूर्य बस्नेतले भने, 'अब बन्द गर्ने तयारीमा छौं ।'

रेसुंगा अस्पतालका सञ्चालक तारा भुसालले पनि इन्धन अभावमा जेनेरेटरमा राखेको डिजेल निकालेर एम्बुलेन्स सञ्चालन गर्दै आएकामा शनिबारदेखि सकिएकाले एम्बुलेन्स बन्द भएको बताए । 'अब गम्भीर बिरामीलाई बाहिर रिफर गरे पनि त्यहाँ पुर्‍याउने कुनै विकल्प छैन,' भुसालले भने, 'जिल्लाका सबै एम्बुलेन्स बन्द हुने अवस्थामा पुगेका छन् ।' उनले इन्धन आपूर्तिका लागि वाणिज्य विभागबाटै तत्काल पहल गर्नुपर्ने बताए ।

साताअघि घाँटी रेटेर आत्महत्याको प्रयास गरेका बडागाउँ १, दजाकोटका टोपबहादुर मगरको उपचारका लागि प्रहरीले डिजेल सहयोग गरेको थियो । प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपालले लामो समयदेखि इन्धन आपूर्ति हुन नसक्दा अत्यावश्यक सेवासमेत प्रभावित बन्दै गएको बताए । 'वाणिज्य विभागदेखि रूपन्देही प्रजिअसम्म कुरा भइरहेको छ,' प्रजिअ नेपालले भने, 'व्यवसायीको आन्दोलनकै कारण इन्धन आपूर्तिमा कठिनाइ भएको 

हो ।' रूपन्देही प्रजिअको पहलमा शुक्रबार ट्यांकर व्यवसायीसँग भएको वार्तामा लुम्बिनी अञ्चलका पहाडी जिल्लाका लागि १ र रूपन्देहीका लागि २ ट्यांकर इन्धन आपूर्ति गराउने सहमति भए पनि व्यवसायीले शनिबार फेरि इन्धन आपूर्ति गर्न नमानेपछि समस्या भएको नेपालले बताए । 

जिल्लाका आन्तरिक सडकमा दैनिक १ सय जिप गुड्दै आएकामा इन्धन अभावले अधिकांश गुड्न छाडेको गुल्मी यातायात व्यवसायी संघका उपाध्यक्ष रमेश श्रीशले 

बताए । 

इन्धन व्यवसायीले भने नियमित आपूर्र्ति कहिलेसम्म हुने भन्ने टुंगो नभएको बताए । 'नियमित आपूर्तिको टुंगो छैन,' दीपक बोहरा स्टोर्सका सञ्चालक वीरेन्द्र भुसालले भने, 'एकातिर मागबमोजिमको आपूर्ति छैन, अर्को ट्याक्टर एसोसिएसनको आन्दोलन जारी छ ।' जिल्लामा दैनिक ५ हजार लिटरभन्दा बढी इन्धन खपत हुने गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग