Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा मृत्यु हुनेको सङख्या ३ पुग्यो

Published on 5:58:00 PM //


मनोज बस्नेत
गुल्मीको ग्वादीमा आज भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङख्या ३ पुगेको छ । बुटवलबाट पाल्पा, रिडी हुदैँ बाग्लुङ्गको हटिया जा“दै गरेको ध १ ज १९१ नम्बंरको जिप गुल्मीको ग्वादी गाविस ५ याङ्दी खोलामा दुर्घना हुदाँ ८ जना घाईते भएका छन् ।
इलाका प्रहरी कार्यालयका रिडीका अनुसार दुर्घटनामा रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बाग्लुङ्ग रिघा ९ का शेरबहादुर काउछाको मृत्यु भएको हो । त्यसैगरी लुम्बिनी मेडीकल कलेज प्रवास पाल्पामा उपचारको क्रममा बाग्लुङ गल्कोटका ३ महिने शिशु हेमन्त क्षेत्री र नाम ठेगाना खुल्न नसकेकी अन्दाजी ५५ बर्षिया एक महिलाको मृत्यु भएको छ ।
घाईते मध्ये १ जनाको अवस्था गम्भिर रहेको छ । घाईते सबैको लुम्बिनी मेडीकल कजेल पाल्पामा उपचार भईरहेको छ । सडकमा रहेको खाल्डो जोगाउने क्रममा भएको दुर्घटनामा जिप आज बिहान सडकबाट ३० मिटर तल कालीगण्डकी किनारमा खसेको प्रहरीले जनाएको छ ।



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग