Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाल मगर सघंको १० औं राष्ट्रिय महादिवेशनको बन्द शत्र जारी

Published on 5:55:00 PM //


मनोज बस्नेत
गुल्मीको सदरमुकाम तम्घासमा जारी नेपाल मगर सघंको १० औं राष्ट्रिय महादिवेशन आज पनि जारी छ । महादिवेशनको तेस्रो दिन तम्घासको सिनेमा हलमा आज पनि बन्द शत्र चलिरहेको छ । दिउँसो १ बजे यता जारी आजको बन्द शत्रमा महासचिवको सांगठानिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम रहेको छ । प्रतिवेदन प्रस्तुत भईसकेपछी ती प्रतिवेदन बारे छलफल हुने महादिवेशन मुल आयोजक समितिका सयोंजक बालसिहं काउछा मगरले जानकारी दिनुभयो ।
हिजोँको बन्द शत्रमा सांगठानिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम रहेको भएपनी कर्णाली बाहेकका १३ अञ्चलबाट रिर्पोटिङ मात्र सकिएको थियो । नयाँ नेतृत्व चयन गर्दै महादिवेशन भोली सकिने भनिएपनी समय लम्बिन सक्ने नेपाल मगर सघंका केन्द्रिय सदस्य समेत रहनुभएका काउछाले बताउनुभयो । भोली सम्पन्न हुने महादिवेशनले नयाँ संबिधानमा मगरात स्वायत्र प्रदेश, मगर जातीको हक अधिकारका बिषयमा प्रस्तावहरु परित गर्नुका साथै ४ बर्षे कार्यकालको नयाँ नेतृत्व समेत चयन गर्ने छ । महादिवेशनमा देशभरबाट झण्डै सात सय प्रतिनीधी तथा पर्यबेक्षकको उपस्थिीती रहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग