Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुकुरको आची ल्याउनुस्, दुइलाखको सुन लैजानुस्

Published on 7:16:00 PM //


शहरबजार तिर हुनेखानेले घरमा पालेका कुकुरलाई दिशा गराउन साँझ बिहान सडकतिर घुमाउने गर्छन् । हामीकहाँ सडकछेउँमा बेलाबेलामा फोहोरका डुंगुर थुप्रिने गर्छन्, सडक धुलो तथा धुवाँले कुरुप भएको हुन्छ त्यसैले कुकुरले सडकछेउँमा दिशा गरेर फोहोर बनाएकेा विषय कसैकेा पनि चासोको विषय बन्दैन । तर सफा शहरमा यसरी पाल्तु कुकुरलाई सडकमा ल्याएर दिशा गराउने प्रवृत्ति सबैको चासोको विषय बन्दोरहेछ । ताइवानको ताइपे सहरमा सडकमा कुकुरलाई आची गराउने प्रवृत्ति रोक्न त्यहाँको सरकारले अनौठो तरिका अपनाएको छ ।
सरकारले आफ्ना कुकुरको दिशा सडकमा नफालेर प्लास्टिकमा हालेर ल्याउने कुकुरमालिकलाई उपहार दिने कार्यक्रम चलाइरहेको छ । उपहार पनि लरतरो कहाँ हो र जसले कुकुरको दिशा सरकारलाई बुझाउँछ उसले सुन उपहार पाउँछ ।
अधिकारीहरुले अहिलेसम्म सहरका ४ हजार कुकुरधनीबाट कुकुरको दिशा भरिएका १४ हजार ५ सय वटा प्लास्टिकका थैली प्राप्त भैसकेको जनाएका छन् । यसरी कुकुरको दिशा बुझाउन ल्याउने कुकुरधनीहरुलाई भाग्यचिट्टाको कुपन दिइन्छ । समयसमयमा गोलाप्रथाबाट ती कुकुरधनीमध्ये एकजना भाग्यशाली विजेता छानिन्छ जसले १ लाख ८० हजार रुपैयाँभन्दा धेरैको सुन उपहार पाउँछ । यो योजनामा अहिलेसम्म एक जना महिलाले उपहार पाइसकेकी छिन् । पहिलो पुरस्कार जित्ने भाग्यशाली कुकुरधनीका अलवा अरु चार जनालाई समेत सुन उपहार दिइन्छ । त्यस्तै अरु ५० जनालाई अन्य घरेलु प्रयोगका सामान उपहार दिइन्छ ।
सरकारले अगष्ट महिनामा सुरु गरेको यो योजना गएको अक्टोबर महिनासम्मको लागि मात्र भनेर संचालन गरेको थियो । तर आचीको बदला सुन कार्यक्रम निकै लोकपृय भएपछि यसको अवधिलाई बढाएको छ । यो कार्यक्रमबाट ताइपेइको सडकमा कुकुरले गर्ने फोहोर आधाले घटेको छ । यो कार्यक्रममा कुकुरधनी मात्र नभएर र्सवसाधारण समेत सहभागि भएका र उनीहरुले समेत सडकमा रहेको कुकुरको दिशा थैलीमा राखेर बुझाउने गरेका अधिकारीहरुले बताएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग