Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्थानीय शान्ति समितिमा पाण्डेय

Published on 7:11:00 PM //


जनार्दन घिमिरे
स्थानीय शान्ति समिति गुल्मीको संयोजकमा टोमलाल पाण्डेय चयन भएका छन् । स्थानीय शान्ति समिति अन्तर्गत प्रत्येक छ-छ महिनामा आलोपालो प्रकृया अनुरुप नयाँ संयोजक चयन गर्ने परम्परा अनुसार आज वसेको समितिको भेलाले नेकपा एमालेका प्रतिनिधि टोमलाल पाण्डेलाई सर्वसम्मत रुपमा आगामी ६ महिनाकालागि संयोजकमा चयन गरेको हो ।
स्थानीय शान्ति समितिका निवर्तमान संयोजक जीवन रानाको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथि,प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले वननियुक्त संयोजकलाई वधाई दिंंदै स्थानीय शान्ति समितिको काम कर्तव्य र अधिकार अनुरुप जिल्लामा समितिलाई अझ वढी क्रियाशिल वनाउँदै लैजान आग्रह गरे । उनले शान्ति समितिका निवर्तमान संयोजक जीवन रानाले संयोजकमा रहँदा समितिमा संस्थाको क्रियाशिलतामा पुराएको योगदानको प्रशंसा समेत गरेका थिए । सोही अवशरमा स्थानीय सान्ति समितिले आगामि दिनमा गर्ने कामहरुको वारेमा समेत छलफल गरिएको थियो ।
सोही अवशरमा स्थानीय सान्ति समितिका निवर्तमान कार्यालय सचिव कृष्ण विश्वकर्मालाई समेत उनले संस्थामा रहँदा गरेको कामको उच्च मूल्यांकन गरि वर्तमान, निवर्तमान तथा पूर्व संयोजकद्वय शालिक पन्थी र युवराज केसी लगायतले कार्यालयको तर्फवाट संयुुक्त रुपमा उपहार प्रदान गरि विदाई गरेका थिए । स्थानीय शान्ति समिति गुल्मीमा यस अघि नेकपा एमालेको तर्फवाट कमलराज श्रेष्ठ, नेकपा माओवादीको तर्फवाट युवराज केसी, नेपाली काँग्रेसको तर्फवाट शालिकराम पन्थी र राष्ट्रिय जनमोर्चाको तर्फवाट जीवन रानाले संयोजकको भुमिका निर्वाह गरिसकेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग