Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बारुदी सुरुङ जोखिम न्यूनीकरण शिक्षा प्रदान

Published on 12:14:00 AM //


घनश्यम गौतम
शिक्षा कार्यालय गुल्मीले जिल्लाका ४६ विद्यालयमा बारुदी सुरुङ जोखिम न्यूनीकरण शिक्षा तालिम सम्पन्न गरेको छ ।
युनिसेफको आर्थिक तथा प्राविधिक सहयोग र शान्ति तथा पुनर्निर्माण मन्त्रालय एवं शिक्षा कार्यालयको सहकार्यमा शान्तिपुर स्रोत केन्द्र अन्तर्गतका २२, दर्लिङ स्रोत केन्द्रका २४ शिक्षकहरूलाई तालिम प्रदान गरिएको हो । तालिममा द्वन्द्वका बेला छोडिएका विस्फोटक पदार्थहरू हुन सक्ने क्षेत्रको पहिचान गरी विद्यालय स्तरका बालबालिकाहरूसम्म विस्फोटक पदार्थका बारेमा जानकारी पुग्ने गरी तालिम सञ्चालन गरिएको विद्यालय निरीक्षक झविलाल विकले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग