Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुन देशका पुरुषको लिंग कति लामो ?

Published on 11:58:00 PM //

एक सर्वेक्षणले अफ्रिकी मुलुक कंगोका पुरुषको लिंग संसारमा सबैभन्दा लामो रहेको देखाएको छ । एक अनलाइन सर्वेक्षण अनुसार कंगोका पुरुषको लिंगको औषत लम्बाइ ७.१ इन्च छ । दक्षिण कोरियाली पुरुषहरुको लिंग भने सबैभन्दा छोटो पाइएको छ । दक्षिण कोरियाली पुरुषको लिंगको औषत लम्बाइ जम्मा ४ इन्च छ । सर्वेक्षण अनुसार लामो लिंग हुने देशको दोश्रो स्थानमा पनि अफ्रिकी मुलुक नै परेको छ । इक्वेडरका पुरुषहरु दोश्रो स्थानमा छन् र उनीहरुको लिंगको औषत लम्बाइ ६ दशमलब ९ इन्च छ ।
लामो लिंग हुने पुरुषहरुको तेश्रो स्थानमा घानाका पुरुष परेका छन् र उनीहरुकोलिंगको औषत लम्बाइ ६ दशमलब ८ इन्च छ । त्यस्तै चौथो स्थानमा रहेका कोलम्बियाका पुरुषको लिंगको लम्बाइ ६ दशमलब ७ इन्च रहेको छ ।
पाँचौ स्थानमा भेनेजुयलाका पुरुष छन् । सर्वेक्षण अनुसार चिनिया पुरुषको लिंगको औषत लम्बाइ साढे ४ इन्च छ । त्यस्तै बेलायत र स्कटल्याण्डका पुरुषको लिंगको लम्बाइ औषतमा झण्डै ६ इन्च छ ।
पुरुषको लिंगको हिसाबले अमेरिका ९५ औँ, भारत ११६ औं स्थानमा छ भने जापान ११०, चीन ११२, थाइल्यान्ड ११७ र दक्षिण कोरिया ११९ औं स्थानमा परेको छ ।
यसैबीच अमेरिकाको रोचेष्टर युनिभर्सिटीले गरेको अध्ययनले पुरुषको लिंगको आकार प्रजनन क्षमतासाग समेत जोडिएको देखाएको छ । दुइ इन्च भन्दा छोटो लिंग भएका पुरुष बाँझो बन्ने सम्भावना सामान्य लम्बाइको लिंग भएका पुरुषभन्दा सात गुणा बढि भएको अध्ययनको निष्कर्ष छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग