Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अपाङ्गहरुको सहयोगार्थ संकलित रकम हस्तान्तरण

Published on 12:26:00 AM //

केशब भण्डारी/शिव भण्डारी
गुल्मी जिल्ला समाज, युकेले हालै लण्डनमा गरेको च्यारिटी डिनर कार्यक्रमबाट संकलित रकम नेपालस्थित आशा अपाङ्ग केन्द्रलाई हस्तान्तरण गरेको छ । यही डिसेम्बर १७ तारिखका दिन एक कार्यक्रमको आयोजना गरी समाजका अध्यक्ष ओमप्रसाद थापाले हाल वेलायत भ्रमणमा रहेकी आशा अपाङ्ग केन्द्रकी अध्यक्ष गंगा रायमाझीलाई पाउण्ड ११ हजार १ सय २४ पाउण्ड ६८ पेन्सको चेक हस्तान्तरण गरेका छन् ।
चेक हस्तान्तरण कार्यक्रमकी प्रमुख अतिथि सुश्री रायमाझी गुल्मी जिल्ला समाज युकेले उल्लेख सहयोग रकम वेलायतवासी नेपालीहरुबाट संकलन गरी नेपालका अपाङ्गहरुलाई प्रदान गरेकोमा समाजलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।

उनले प्राप्त चन्दा सहयोग आशा अपाङ्ग केन्द्रको माध्यमबाट गुल्मी लगायत अन्य जिल्लाका अपाङ्गहरुको सहयोगका लागि उपयोग गरिने बताइन् । साथै,  उनले सहयोग लक्षित व्यक्ति र समूहकै लागि खर्च गरिने र रकमको दुरुपयोग नहुने कुरामा आश्वस्त पारिन् ।
गुल्मी जिल्ला समाजका अध्यक्ष ओमप्रसाद थापाले बेलायतवासी नेपालीहरुबाट संचालित २२ वटा व्यवसायी संघसंस्था र २७ वटा सामाजिक संघसंस्था लगायत थुप्रै समाजसेवी महानुभावहरुबाट सहयोग प्राप्त भएकोमा सबैप्रति आभार प्रकट गर्दै उनले आशा अपाङ्ग केन्द्रले ग्रासरुटमै गएर काम गर्ने भएकोले प्राप्त सहयोगको सही सदूपयोग हुने विश्वास व्यक्त गरेका थिए । साथै, उनले च्यारिटी कार्यक्रम गर्दाको खर्च कटाएर बा“की रहेको रकम सबै हस्तान्तरण गरिएको बताए । समाजका उपाध्यक्ष एवं च्यारिटी कार्यक्रमका संयोजक मोति भण्डारीले चेक हस्तान्तरण कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै कार्यक्रम सफल बनाउन गुल्मीली वेलायतवासी लगायत सबैबाट सहयोग भएको बताए ।

समाजका सचिव एवं च्यारिटी कार्यक्रमका स्टेज कोअर्डिनेटर विनोद ज्ञवालीले सा“स्कृतिक कार्यक्रमका लागि ख्यातीप्राप्त कलाकार लगायत सबैले निःशुल्क सहयोग गरेकामा धन्यवाद प्रकट गरे । समाजका महासचिव अर्जुन गौतमले संचालन गरेको चेक हस्तान्तरण कार्यक्रममा आशा अपाङ्ग केन्द्रकी अध्यक्ष गंगा रायमाझी र नेपालबाट आएका समाजसेवी जयराम सुवेदीलाई सम्मान पनि गरिएको थियो ।
साउथ लण्डन विलविचको ग्रिनविच मेरिटाइम कलेजको हलमा सम्पन्न कार्यक्रममा समाजका सल्लाहकार चक्रबहादुर राना, गोकर्ण बस्नेत, डा“सुराम पाण्डे, पत्र थापा र गुल्मी समाजका केशव भण्डारी, वीनप्रसाद भुजेल, शिव भण्डारी, यादव भण्डारी, ओम बुढाथोकी, टोपबहादुर पल्ली, हरी पन्त लगायतको उपस्थिति रहेको थियो ।
च्यारिटीबाट नेपालका अपाङ्गहरुलाई सहयोगार्थ संकलित रकमबाट ५१ हजार २५० रुपैंया पर्वत जिल्लाको एकै परिवारमा रहेका चार अपाङ्गहरुलाई सहयोग गर्ने निर्णय हालै बसेको गुल्मी जिल्ला समाजको बैठकले गरेको छ । साथै अझ सहयोग गर्न इच्छुक सहयोगदाताहरु देखिएकोले च्यारिटी कार्यक्रमपछि संकलित सहयोग समाजका उपाध्यक्ष दुर्गा पाण्डेको नेतृत्वमा एकटोली आशा अपाङ्ग केन्द्रको मुख्यालय गुल्मीमै आगामी जनवरीपछि पुगी हस्तान्तरण गर्ने निर्णय भएको जानकारी समाजका महासचिव अर्जुन गौतमले बताएका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग