Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिद्यालय बनाउन २४ लाख

Published on 7:27:00 PM //

विष्णु पौडेल
आफ्नो स्वर्ण महोत्सव सञ्चालन र बिद्यालयलाई माध्यामिक बिद्यालय बनाउनका लागी ददल्का निम्न माध्यामिक बिद्यालय अर्लाङकोट ७ ददल्का गुल्मीले सञ्चालन गरेको आर्थिक सकंलन अभियान अन्तर्गत अहिले सम्म झण्डै २४ लाख रुपैयाँ सकंलन भएको छ ।

बिगत २ महिना देखी ४ ओटा टोलीले अर्लाङकोट लगाएतका छिमेकी गाविस, काठमाण्डौ, रुपन्देहि, नवलपरासी, चितवन लगाएतका बिभीन्न स्थान र बिदेशमा रहेका नेपालीबाट यो रकम सकंलन गरेका हुन् । स्थापनाको ५० बर्ष बिती सक्दा पनि निमावी स्तरको मात्रै पढाई सञ्चालन गर्न सकेको बिद्यालयमा आउदो शैक्षीक शत्रबाट माध्यामिक स्तरको पढाई सञ्चालन र आउँदो फागुन १ देखि ५ गते सम्म हुने स्वर्ण महोत्सव सञ्चालनका लागी बिद्यालयले चन्दा सकंलन कार्य सञ्चालन गरेको हो ।

यसैक्रममा आज नवलपरासी अरुणखोला ७ का आनन्द खरेलले १ रोपनी ११ आना जग्गा बिद्यालयलाई प्रदान गर्नुभएको छ । त्यस्तै अर्लाङकोट ७ को एक आमा समुहले १ लाख ४० हजार बराबरको जग्गा प्रदान गर्नुका साथै ७२ हजार रुपैँया सहयोग गरेको छ । यसैगरी आजै अर्लाङकोटका लेखनाथ खरेलबाट १० हजार १ सय ५ रुपैँया, काडेँबास बाग्लुङका मिनु बुढाथोकीबाट १० हजार ५०, अर्लाङकोट ८ का भुमिराज गुरुङवाट ५ हजार ५ सय, अर्लाङकोट ८ का तुल्सी खत्री, सोही ठाउँकै शेर बहादुर बहादुर खत्री, दान बहादुर खत्री र चन्द्रकली खत्रीबाट प्रति जना ५ हजार १ सय रुपैयाँका दरले रकम सकलंन भएको छ ।

यसैगरी हाल जापानमा रहनुभएका अर्लाङकोट ७ का तुल्सीराम खरेलको झण्डै ४ लाख बराबरको सहयोगमा बिद्यालय वरीपरी पर्खाल निमार्ण कार्य अहिले भईरहेको छ । स्वर्ण महोत्सवको तयारी अहिले तिब्र रुपमा अगाडी बढिरहेको शिक्षक बुद्धिमणी खरेलले जानकारी दिनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग