Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिलाहरु बाख्रापालन तर्फ उन्मुख

Published on 5:16:00 AM //

टोपलाल अर्याल
गुल्मीको ईस्मा रजस्थलका महिलाहरु बाख्रापालन तर्फ उन्मुख भएका छन् । बाख्रापालन तालिम सञ्चालन गरी गाउँ गाउँका महिलाहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले महिला विकास कार्यालय गुल्मीले सञ्चालन गरेको एक हप्ते तालिम लिएपछि बाख्रापालन तर्फ चासो देखाएका हुन् ।
महिला विकास कार्यलयमा ११ गते देखि सञ्चालन भएको उक्त तालिम लिन आएकी न्यु परिवर्तनशिल महिला विकास समुह ईस्मा रजस्थलकी अध्यक्ष टिका कुवँरले भन्नु भयो तालिममा सिकेका कु्राले हामीलाई निकै प्रभाव पारेको छ यस्ता तालिम हरेक पटक गाउँ ठाउँमा सञ्चालन गरे महिलाहरु अवश्य पनि आत्मनिर्भर बन्ने छन् । तालिममा बाख्राको आहार, स्वास्थ्य, फोहोर व्यवस्थापन र उपचार कसरी गर्न सकिन्छ भन्ने बारेमा जिल्ला पशु कार्यलयका भोजेन्द्र भण्डारीले जानकारी गराउनु भएको थियो । साथै तालिममा महिला हिंसाको वर्तमान अवस्था, कारण र न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि महिला विकास कार्यलयकी सिता पोख्रेलले जानकारी गराउनु भएको थियो । कार्यक्रममा महिला विकास समुहकी अध्यक्ष टिका कुवँरको नेतृत्वमा २ दर्जन महिलाहरुले तालिम लिएका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग