Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कांग्रेसको बन्दका कारण, गुल्मीका सबै पसल, यातायात, संघसँस्था बन्द

Published on 4:32:00 PM //

घनश्याम गौतम
नेपाली कांग्रेसले आह्वान गरेको बन्द गुल्मीको सदरमुकाम तम्घास एवं ग्रामिण क्षेत्रहरुमा शान्तिपूर्ण छ । सोमबार विहानै देखि लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन चलेका छैनन् । सेवाग्राही अभावमा खुलेपनि प्रायः सबै सरकारी कार्यालयहरु सुनसान नै छन् । बन्दका कारण अर्धवार्षिक परिक्षा संचालन भैरहको सदरमुकामका सबै विद्यालयहरुले सोमबारको परिक्षा स्थगित गरेका छन् । रिडी र रेसुंगा क्याम्पसमा संचालित परिक्षा भने सुचारु नै छ । बजारका होटलहरु समेत बन्द भएका छन् । जिल्लाका कुनै पनि स्थानमा सवारी संचालन नभएको र अहिलेसम्म तोडफोड एवं हिंसात्मक घटना नभएको प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनु भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग