Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिविस गुल्मीद्धारा सामाजीक परीचालन कार्यको अनुगमलाई तिब्रता

Published on 7:39:00 PM //

मनोज बस्नेत
जिल्ला विकास समिती गुल्मीले यतीबेला जिल्लाका गाविसहरुको भ्रमण तथा सामाजीक परीचालन कार्यको अनुगमनलाई तिब्रता दिएको छ । स्थानीय बिकास अधिकारी हिरालाल रेग्मी नेतृत्वको टोलीले गावीसहरुको बर्तमान स्थिती तथा गाविसहरुमा भईरहको सामाजीक परिचालन कार्यको अवलोक तथा मुल्याङ्गन गरिरहेको हो । यसै क्रममा स्थानीय बिकास अधिकारी रेग्मी, जिविसका योजना अधिकृत खड्ग थापा, कार्यक्रम अधिकृत बिनोद थापा सहितको टोलिले आज अर्जै, घमिर, मरभुङ, सिर्सेनी, बस्तु लगाएतका गाविसमा भईरहेको सामाजीक परीचालन कार्यको अनुगमन गरेको छ ।
घमिर गाविसमा सामाजीक परीचालक राजेन्द्र पन्थी लगाएत अन्य सरोकारबालाको सगंको भेटमा अनुगमन टोलीले घमिर गाविसका भएको सामाजीक परिचालन कार्यको प्रसंंशा समेत गरेको थियो । भेटमा स्थानीय विकास अधिकारी रेग्मीले यसरी नै अन्य गाविसमा पनी सामाजीक परिचालनको कार्यलाई निरन्तरता दिन सके हरेक नागरीक सुसोचीत पार्न सकिने र समग्र गामिण बिकास हुने भन्दै निर्धारीत लक्ष्य सम्म पुग्नको लागी गाविस सचिव र सामाजीक परिचालक एक भएर अगाडी बढ्न सुझाव दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग