Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाली कांग्रेस गाउँ कार्य समिति घमीरको अन्तर्कृया

Published on 7:39:00 PM //

मनोज बस्नेत

यही मसिंर २३ गते गुल्मी अर्जेको पोखराबारीमा हुने नेपाली कागे्रंस क्षेत्र नम्बर तीन गुल्मीको क्षेत्रीय सम्मेलको तयारी स्वरुप गाउँ कार्य समिति घमिरको गाउँ सम्मेलन तथा अन्तरक्रिया घमिरमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली कागेंस क्षेत्र नम्बर ३ का पुर्व सासंद तथा बर्तमान महादीवेशन प्रतिनीधी रुद्रमणी शर्मा भण्डारीले जव सम्म कांग्रेस लोकतन्त्र, बहुलबाद तथा प्रेस स्वतन्त्रताको सिद्धान्त लिएर अगाडी बढ्छ तव सम्म कांग्रेसको अन्त्य नहुने बताउनुभयो ।
कार्यक्रमामा एकिकृत माओवादिका स्थानीय कार्यक्रत्ताहरु बल बहादुर बिक, सन्त बहादुर बिक र अर्का बल बहादुर बिक माओवादी परित्याग गरी नेपाली कागे्रंसमा प्रवेश गरेका थिए । पार्टीमा प्रवेश गरेकाहरुलाई कार्यक्रममा बिषेश अतिथी नेपाली कांग्रेस जिल्ला कार्य समिति गुल्मीका सचिव छन्द बहादुर पहराईले बधाई तथा शुभकामना दिनु भएको थियो । नेपाली काग्रेंका क्षेत्रीय प्रतिनीधी ढुण्डीराज भण्डारी, पत्रकार राजेन्द्र पन्थी लगाएतको उपस्थिती रहेको कार्यक्रम घमिर गाउँ सभापती कविराम पन्थीको अध्यक्षता, उपसभापती टेक बहादुर बिकको स्वागत मन्तव्य र सञ्चालन सचिव मान बहादुर खड्काले गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग