Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नि:शुल्क आँखा शिबिरमा ३६ जनाको अप्रेशन

Published on 8:54:00 PM //

गगनशिला खड्का
गुल्मीको पश्चीम विकट क्षेत्र दर्लिङ्ग गाविसमा दुई दिन सम्म सञ्चालन भएको निशुल्क आँखा अप्रेशन शिविरमा ३६ जना मोतियाविन्दुका रोगीहरुको अप्रेशन गरिएको छ । नेपाल नेत्र ज्योती संघ गुल्मीको आयोजना तथा चौधरी गु्रप,नेपान र हेल्प एज इन्टरनेशनलको सहयोगमा सञ्चालन गरिएको निशुल्क आँखा अप्रेशन शिविरमा २ सय ६० जनाको आँखा जाँच समेत गरिएको छ । प्रायः मगर र दलितहरुको बस्ती रहेको दर्लिङ्ग गाविसमा जनचेतनाको अभाबका कारण लक्ष्य अनुसार रोगीहरुको सहभागीता नभएको नेपाल नेत्र ज्योती संघ गुल्मीका सचिब अखिलेश्वर प्रसाद पाण्डेयले बताउनुभयो । उहाँले विकट र पिछडिएको ठाउँ भनेर दर्लिङ्ग गाविसमै कार्यक्रम सञ्चालन गरिएको बताउदै सोँचे जतिको सहभागीता नभएको बताउनुभयो ।
शिविरमा विधार्थी,बृद्धबृद्धाहरुको उल्लेख्य मात्रमा सहभागीता रहेको थियो । साथै शिविर संगै सञ्चालन गरिएको अन्र्तक्रीया कार्यक्रममा बोल्ने बतmाहरुले राजनितिक दलले भाषण भन्दा पनि स्थानीय जनताको दैनिक समस्याका बारेमा ख्याल गर्नुपर्ने बताएका छन । उनिहरुले गुल्मीको विकट क्षेत्र दर्लिङ्गलाई धेरै राजनितिक दलका नेताहरुले दाजर्लिङ्ग बनाउने भाषण गरेपनि जनताको दैनिक जिबनस्तरमा कुनै परिबर्तन नभएको बताएका छन । कार्यक्रममा नेपाल नेत्रन्योती संघ गुल्मीका अध्यक्ष भरत बहादुर चन्द,रण अम्बीका शाह आँखा अस्पत्ताल भैरहवाका डा. नन्दा गुुरुङ्ग, नेपाल नेत्र न्योती संघका सचिब तथा गुल्मी उधोग बाणिज्य संघका उपाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेय,नेपाली काँग्रेशका पुर्ब सभापती तथा नेत्र ज्योती संघका आजिबन सदस्य शुरेशचन्द्र भुषाल,आँखा अस्पताल तम्घासका इन्चार्ज सुर्य बहादुर बस्नेत,नेपाल पत्रकार महाँसंघ गुल्मीका सदस्य तथा सञ्चारिका समुहका अञ्चल सदस्य तथा गगनशिला खड्का,नेटा दर्लिङ्ग उच्च माध्यमिक विधालयका प्राचार्य तेज बहादुर सोनार र तुल्सी स्मृती क्लबका सचिब तेजेन्द्र थापाले मन्तव्य ब्याक्त गर्नुभएको थियो ।
कार्यक्रम दर्लिङ्ग उपस्वास्थ चौकीका व्यवस्थापन समिति अध्यक्ष प्रेम श्रीसको अध्यक्षता दर्लिङ्ग उपस्वास्थ्य चौकी इन्चार्ज ओम भण्डारी मगरको स्वागत र शिक्षक यमलाल अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग