Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्रक दुर्घटनामा पाँच घाइते

Published on 7:47:00 PM //

घनश्याम गौतम
नेटाबाट तम्घास तर्फ काठ लिएर आउँदै गरेको लु १ ख ५५४० नम्बरको ट्रक तम्घासको कुडापानीमा बुधवार साँझ दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते मध्ये केरुङ्गा ६ का चालक जगन्नाथ पराजुलीको अवस्था गम्भिर छ । उनलाई थप उपचारका लागि पाल्पा पठाईको छ । अन्य घाइतेहरु नारायण पन्थी, बाबुराम पौडेल, गोकर्ण खनाल र गना पौडेलको जिल्ला अस्पताल तम्घासमै उपचार भैरहेको छ ।
साँघुरो बाटोमा मोटरसाईकललाई साईड दिने क्रममा भएको दुर्घटनामा ट्रक सडकबाट झण्डै ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग