Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बालअधिकारबारे हाजिरीजवाफ कार्यक्रम सम्पन्न

Published on 8:54:00 PM //


नरेश भण्डारी
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) जिल्ला कार्यालयको पहलमा गठित बालअधिकार चेतना समुहको आयोजनामा बालअधिकार र सामान्यज्ञान विषयमा केन्द्रित हाजिरिजवाफ प्रतियो गिता ०६८ पुस ७ गते भगवती मावि सिमिचौरमा सम्पन्न भयो । समूहका अध्यक्ष अशोक पाण्डेको अध्यक्षता र सहायक प्रधानाध्यापक ऋषिराम अर्यालको प्रमुख ताथ्यितामा सम्पन्न कार्यक्रममा इन्सेक प्रतिनिधि नरेश भण्डारीले बालअधिकारबारे मन्तव्य राखे ।
प्रतियोगितामा अन्नपूर्ण सदनका नारायण पाण्डे, सुदिप अर्याल, रञ्जना घिमिरे र माधव पाण्डे प्रथम भए । यस्तै सगरमाथा सदनका मनिषा टण्डन, सरोज घिमिरे, मोहन बस्नेत र राहुल कुँवर द्वितिय भए । यसैगरी धवलागिरी सदनका गिरीप्रसाद अर्याल, मोहन घिमिरे, लोकबहादुर विश्वकर्मा र राजेश थापाले तृतिय स्थान प्राप्त गरे भने माछापुछ्रे सदनका कुलचन्द्र पाण्डे, कल्पना पाण्डे, अमित रास्कोटी र कमला पाण्डेले सान्त्वना स्थान हासिल गरे ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक ऋषिरम अर्याल, इन्सेक प्रतिनिधि नरेश भण्डारी, संरक्षक शिक्षक डोलराज पन्थी र सभाध्यक्ष अशोक पाण्डेले प्रतियोगीहरुलाई पुरस्कृत गरे ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग