Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भ्यागुतालाई जिस्काउँदाको परिणाम

Published on 8:30:00 PM //

आजभोलि यु ट्युबमा एउटा भिडियो निकै लोकपृय छ । यो भिडियोमा एउटा भ्यागुता स्मार्टफोनमा देखाइएका कमिलाहरुमा झम्टिरहेको देखाइएको छ ।
स्मार्टफोनमा एक व्यक्तिले कमिलाहरु हिँडिरहेको भिडियो देखाइदिएपछि उक्त भ्यागुताले बारम्बार स्मार्टफोनको स्त्रिmनमा आक्रमण गरिरहन्छ । भिडियोमा देखिएका कमिला साँच्चीकै हुन् भनेर उसले आहाराका लागि झम्टिएको हुनुपर्छ । तर धेरैपटक झम्टिदा पनि भ्यागुताले कमिलालाई पाउन सकेन । पटक पटक असफल हुँदा सायद उसलाई रिस उठको हुनुपर्छ ।
अन्त्यमा भ्यागुताले स्मार्टफोनको स्त्रिmनमा देखिएको कमिलामाथि झम्टिन छाडेर स्मार्टफोन छोपिरहेको व्यक्तिको हातमा झम्टिन पुग्यो । भ्यागुताले हात टोकिदिएपछि उक्त मानिसलाई दुखेर चिच्याउँछ र यत्तिकैमा भिडियो पनि सकिन्छ । यो रोमाञ्चक भिडियो अप्लोड गरेको एक हप्तामै ५० लाख भन्दा धेरै पटक हेरिसकिएको छ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग