Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका अधिकांस महिलाहरु श्रीमनबाटै पीडित

Published on 1:41:00 AM //



गगनशिला खड्का
गुल्मी जिल्लामा हुने गरेका हिंसा पिडित महिलाहरु अधिकांश श्रीमानद्धारा पिडित हुने गरेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मंगलबार  १३ औ दिन लोकतान्त्रीक महिला सञ्जाल र दलित महिला संघले आयोजना गरेका हिंसा पिडित महिलाहरुका लागी परामर्शमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।
सदरमुकाम तम्घासमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल,स्थानीय विकास अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवार, कालिदत्त गुल्मीका प्रमुख सन्तोष थापा, सञ्चारिका समुह नेपालका अञ्चल सदस्य गगनशिला खड्का, इन्सेक गुल्मीका संयोजक यज्ञ प्रसाद भुषाल लगाएतले हिंसामा परेका महिलाहरुमा आन्मनिर्भरताको आवश्यकता रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले बास्तविक अन्यायमा र हिंसामा परेका महिलाहरु अझै पनि घरबाट बाहिर निस्कन नसकेकोले चेतनामुलक कार्यक्रम आवश्यक रहेको बताए । उनले यदि कुनै महिला वास्तविक अन्यायमा परेको छ र उसले न्याय पाएको छैन भने आफुले प्रशासनिक र कानुनी कठिनाई हुदाँहुदै पनि त्यसका लागी पहल गर्ने प्रतिबद्धता ब्याक्त गरे । स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले आर्थिक अभावमा छटपटाईरहेका हिंसा पिडित महिलाहरुको उद्धारका  लागी गाउँ र जिल्ला परिषदले केहि रकम भएपनि छट्टाउनु पर्ने बताए ।
प्रहरी नायब उपरीक्षक राजकुमार बैदवार र कालिदत्त गुल्मका प्रमुख सन्तोष थापाले महिलाहरु माथी हुने हिंसा परिवार, टोल छिमेकबाटै शुरु भएको हुदाँ पहिले परिवार सचेत हुनपर्ने बताए । सञ्चारिका समुहका अञ्चल सदस्य तथा महिला मानब अधिकार रक्षक सञ्चालका सचिब गगनशिला खड्काले अहिले सम्म पनि छोरा र छारीविच शिक्षामा समान अवसर परिवारले प्रदान गर्न नसकेको बताईन । उनले अहिले पनि अधिकाश परिवारले छोरालाई बोर्डिङ र छोरीलाई सरकारी स्कुलमा भर्ना गर्नुले शिक्षामै असमानता रहेको बताईन् ।
कार्यक्रममा अन्तरपार्टी महिला संघका उपाध्यक्ष धना भण्डारी,नेपाल महिला संघका पार्वता पाण्डेय हिंसा पिडित महिलाहरु अर्खले गाविसका अम्वीका मरासीनी, चन्द्रकला गौतम, मलायगीरीकी रचना खड्का, सिर्सेनीकी राधिका केसी लगाएतका सहभागीता रहेको थियो । हिंसा पिडित महिलाहरुले आफुहरु हिंसामा भएकाले छोराछोरी पालनपोषण गर्नका लागी आर्थिक रकम अभाव हुने गरेको बताएका थिए । उनिहरुले प्रहरी र प्रशासनले दोषीलाई छिटो भन्दा छिटो कार्वाही गर्न माग समेत गरेका छन । लोकतान्त्रीक महिला सञ्चालका अध्यक्ष विष्णु सापकोटाको सभापतीत्व रहेको कार्यक्रम दलित महिला संघ गुल्मीका अध्यक्ष कमला बरालको धन्यवाद र अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष ललिता गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग