Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा पेट्रोलियम पदार्थको अभाब, बिरामी बोक्नलाई डिएसपिको गाडीबाट तेल

Published on 1:43:00 AM //

गगनशिला खड्का
गुल्मी जिल्लामा गत एक महिनादेखि पेट्रोलियम पदार्थको अभाव खड्किँदा पनि स्थानीय प्रसासनले खासै पहल नगरेको जनगुनासो आएपछि जिल्लाका पत्रकारहरुको एक टोलीले प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको ध्यानआकर्षण गराएको छ । प्रेस युनियनका  केन्द्रिय सदस्य जनार्दन घिमिरेको संयोजकत्वमा गएको पत्रकारको टोलीले प्रमुख जिल्ला अधिकारी नेपाललाई पट्रोलियम पदार्थको आपुर्ति सहजको लागी पहल गर्न आग्रह गरेको छ ।
जवाफमा नेपालले पटोलियम  पदार्थको अभाव प्रति आफु गम्भिर रहेको भन्दै आपुर्तिको लागी माथिल्लो निकायसम्म पहल गरेको जानकारी दिनुभयो । उहाँले नेपाल आयल निगम रुपन्देहीका प्रमुखसँग यसवारेमा आफुले कुराकानी गरेकेो जानकारी दिँदै सम्भवत भोलीदेखि आपुर्ति सहज हुने वताउनुभयो । गत केही दिनदेखि गुल्मीमा सिकिस्त विरामी समेत पट्रोलियम पदार्थको अभावमा एम्भुलेन्स नपाउँदा मृत्यु हुने अवस्थामा पुगेका छन् ।
मंगलवार साँझ डिजेलको नहुँदा एम्भुलेन्स समेत रोकिनुपर्ने अवस्था सिर्जना भएपछि मरणतुल्य अवस्थामा पुगेका एक विरामीलाई पाल्पा लैजानका लागी प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले आफ्नै गाडिको २० लिटर डिजेल झिकेर दिनुपरेको थियो । केहीदिन अघि प्रसासनको पहलवाट जिल्लामा डिजेल भित्रिएपनि डोजरवालाले ठुलो परिमाणमा लगेका कारण यसरी सर्वसाधरण, यातायात व्यवसायी र एम्भुलेन्सहरुले डिजेल पाउन नसकेको पत्रकारहरुले प्रमुख जिल्ला अधिकारीलाई वितरण प्रणाली समेत सुधार गर्न आग्रह गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग