Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"तपाई जनताको सिपाई हो, जनताको काम गर्नुहोस् "

Published on 3:51:00 AM //


नरेश फुयाँल
काठमाण्डौ ।शिक्षामन्त्री दीनानाथ शर्माले कर्मचारीलाई राजनीतिक दबाबमा नपरी जनताको काम गर्न निर्देशन दिनु भएको छ । गुल्मी जिल्लाका सरकारी कर्मचारीलाई शुक्रबार तम्घासमा मन्त्री शर्माले कर्मचारी राष्ट्रका सिपाही भएको स्मरण गराउदै निष्पक्ष भएर काम गर्न निर्देशन दिनु भएको हो ।
काम गर्दा कही कर्तबाट धम्की वा अफ्ठ्यारा आए सहयोगका लाथि सरकार तयार रहेको भन्दै शिक्षमन्त्री शर्माले जिल्लाका सबै कर्मचारीलाई सहज रुपमा काम गर्ने वातावरण मिलाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो ।
एक अर्को प्रसंगमा उहाले जारी शान्ति प्रकृया र सविंधान निमार्ण कार्य छिट्टै निष्कर्षमा पुग्ने दाबी समेत गर्नु भयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग