Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कोहिनुर कपमा गुल्मी तेस्रो, नवलपरासीले उचाल्यो उपाधी

Published on 3:56:00 AM //


बुटवलमा सम्पन्न अञ्चलस्तरीय भलिवल प्रतियोगिताको उपाधि रुपन्देहीलाई हराँउदै नवलपरासीले हात परेपछी गुल्मीले तेस्रो स्थानमै चित्त बुझाउनु परेको छ । फाइनलमा नवलपरासीले रुपन्देहीलाई ३–२ को सेटले पराजित गरेको हो । नवलपरासीले रुपन्देहीलाई २५–२०, २५–२१, २७–२५, २५–१५ र १६–१४ ले पराजित गर्दै उपाधि जितेको हो ।
पहिलो लगातार दुई खेलमा पराजित रुपन्देही खेलमा फर्कदै त्यसपछिका दुई सेटलाई आफ्नो पक्षमा पारेको थियो तर त्यस पछिको अन्तिम खेलमा रुपन्देही हारेको थियो । पहिला दुई सेट लगातार जितेको रुपन्देहीले तेस्रो सेट निकै मेहनतका साथ जितेको हो । चौथो सेटमा रुपन्देहीले नवलपरासीलाई कम स्कोरमा रोक्दै जित्न पुग्यो । अन्तिम सेटमा रुपन्देहीले ४ अंकले अग्रता लिएतापनि हार्न पुग्यो । तीन दिनसम्म चलेको प्रतियोगिताको प्रथम हुने टिमले ३० हजार, दोस्रो हुनेले २० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । गुल्मी पहिलो कोहीनुर कपको विजेता हो भने रुपन्देही उपविजेता हो । प्रतियागितामा सहभागी रुपन्देही, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी र कपिलबस्तुको जिल्लास्तरीय टिमलाई २ समुहमा बिभाजन गरी प्रतिस्पर्धा गराईएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग