Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्ति र संविधान निर्माणको काम पुरा गरेर छाड्ने ः मन्त्री रायमाझी

Published on 8:57:00 PM //


जनार्दन घिमिरे
स्थानीय विकास मन्त्री टोपवहादुर रायमाझीले डाक्टर वावुराम भट्ट्राईको नेतृत्वमा सरकार वनेपछि देशमा शान्ति र संविधान निर्माणको काम तिव्र रुपमा अघि वढ्दै गएको वताउनु भएको छ । उहाँले देशमा राजनिति अस्थिरताका कारण विगत दुई वर्षअघि निर्माण हुनु पर्ने संविधान चारवर्ष पुरा हुँदा पनि वन्न नसकेको कारण जनतामा आक्रोस र निरासा मात्रै भएको भन्दै त्यो आक्रोस र निराशालाई वर्तमान सरकारको नेतृत्वमा शान्ति प्रकृया टुंगो मा पुराई संविधान निर्माण गरेर पुरा गर्ने वताउनु भएको छ ।
मन्त्री रायमाझीले आज गुल्मीको रिडी खर्ज्याङ वल्कोट मोटरवाटो अन्तर्गत आज गुल्मीको मनबागमा निर्माण सम्पन्न भएको मोटरेबल पुलको उद्घाटन गर्दै उक्त कुरा वताउनु भएको हो । उहाँले सरकार निर्माणको लागि पहिला जसरी कुर्सिको तानातान हुन्थ्यो त्यो तानातान अहिले राजनैतिक दलहरुमा नभएको भन्दै केही नेता र पाटिले वर्तमान सरकारको विरोध गरेपनि यही सरकारले नै शान्ति र संविधान निर्माणको काम पुरा गरेर छाड्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो । त्यसका लागि उहाँले वर्तमान समयमा राजनैतिक दलहरुमा पनि सरकार र प्रतिपक्ष नभएको दावी समेत गर्नु भएको थियो । उहाँले निमार्ण अवधि समय भन्दा तीन महिना अगाडि नै उक्त पुल निर्माण सम्पन्न गरेर नेपाललमै उदाहरणीय काम गरेकोमा पुल निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनि र सरोकारवालाहरुललाई धन्यवाद दिनु भएको थियो ।
मन्त्री रायमाझीले नेपाललमा राम्रोकाम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई डण्डित गर्ने परिपाटिको विकास गर्ने हो भने निर्धारित समयमा काम पनि सम्पन्न हुने त्यो काम पनि गुणस्तर युक्त हुने वताउनु भएको थियो । मन्त्री रायमाझीले सरकारको नेतृत्व जसले गरेपनि शान्ति, संविधान निर्माण र विकास निर्माणको क्षेत्रमा सवै एक ढीक्का हुनु पर्ने वताउनु भयो । उहाँले देशमा राजनिति स्थिरता भएपछि मात्र शान्ति र संविधान निर्माणको काम पनि पुरा हुने वताउनु भएको थियो ।
१९ मिटर लम्वाई र ५ मिटर चौडाईको उक्त पुल अर्घाखाँचि जिल्ला विकास समितिको आयोजनामा १ करोड ६० लाख ८६ हजार लागतमा निर्माण सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरु कविन्द्र नेपाल, केशवराज घिमिरे, स्थानीय विकास अधिकारीहरु दिपेन्द्रराज पौडेल, पुण्यबिक्रम पौडेल, क्षेत्रीय कृषि सडक आयोजना प्रमुख गंगा वहादुर वस्नेत, एकिकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकार राजु नेपाली, राजनैतिक दलको संयन्त्रको तर्फवाट अरुण देवकोटा, विष्णु भुसाल,दिगाम गाविस सचिव लील वहादुर सिंजाली लगायतका व्यक्तिहरुले आआफ्ना धारणहरु राख्नु
भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग