Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपालमै पहिलोपटक गुल्मीमा संरक्षित वन दर्ता

Published on 6:22:00 PM //

विष्णु पौडेल
नेपालमै पहिलो पटक वन ऐन २०४९ अन्तर्गत गुल्मीको एउटा वन संरक्षित वनका रुपमा दर्ता भएको छ । गुल्मीको जिल्लाको पश्चिमका ११ गाविसमा फैलिएको मदाने वन नेपालकै पहिलो संरक्षित वनका रुपमा दर्ता भएको हो । ऐनमा राष्ट्रिय महत्वको वैज्ञानिक रुपमा व्यवस्थापन गर्न सकिने त्यस्तो वन क्षेत्रलाई संरक्षित वनका रुपमा दर्ता गर्न सकिने व्यवस्था रहेको छ । वन स्थानीय स्तरमा क्रियाशिल समाजसेवि भरत वहादुर चन्द सहितका विभिन्न व्यक्तित्वको पहल र जिल्ला वन कार्यलय गुल्मीको समन्वयमा उक्त वन नेपालकै पहिलो संरक्षित वनको रुपमा दर्ता भएको हो ।
उक्त वनको संरक्षणका लागि सरकारले यसै आर्थिक वर्षवाट मदाने संरक्षित वन कार्यालय स्थापना गरेको छ । सरकारले वन विभागका परसुराम पौडेललाई कार्यक्रम प्रमुखको रुपमा गुल्मीमा पठाएको छ । संरक्षित वनको व्यवस्थापनका लागी सरकारले ५ वर्षे कार्यक्रम वनाएको छ भने यसै वर्षदेखि कार्यक्रम सुरु गर्नको लागी कार्यलय स्थापना सहित भौतिक पुर्वतयारीका लागी ४७ लाख छुट्याएको मदाने संरक्षित वन कार्यलयका कार्यक्रम प्रमुख परसुराम पौडेलले जानकारी दिनुभयो ।
उहाँले पहिलो चरणमा वनको विस्तृत रुपमा अध्ययन गर्ने तथा स्थानीयवासीसँग व्यापक अन्तरक्रिया गरी संरक्षित वनको फाईदाका वारेमा जानकारी गराईने वताउनुभो । गुल्मीका पश्चिममा रहेका गाविसहरु दर्लिङ, छापाहिले, घमिर, अग्लुङ, वाँझकटेरी, ह्वाङ्दी, मलायागिरी, मरभुङ, सिर्सनी लगायतका गाविसमा फैलिएको उक्त वनले प्युठान र वाग्लुङ्का केही भागहरुलाई समेत छोएको छ । कुल १३ हजार ७ सय ६१ हेक्टर क्षेत्रफलभित्र फैलिएको मदाने संरक्षित वन क्षेत्र भित्र वहुमुल्य जडिवुटी तथा वन्यजन्तु पाईनुका साथै ठुला ठुला घाँसेमैदान समेत रहेका छन् ।
आज जिल्ला वन कार्यलयमा मदाने संरक्षित वन व्यवस्थापान कार्ययोजना र योजना कार्यन्वयनका विषयमा भएको छलफलका सहभागिहरुले यस्तो वन नेपालमै पहिलो पटक गुल्मीमा दर्ता भएकोमा खुसी व्यक्त गर्दै यसको सफल कार्यन्वयनमा सवैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । छलफलमा जिल्ला वन कार्यलयका वन अधिकृत सीव प्रसाद शर्माले मदाने संरक्षित वन कार्यलयको एक्लो प्रयासले असम्भव भएको भन्दै संरक्षणमा सहयोग गर्न सवैलाई आग्रह गर्नुभएको थियो ।
छलफलमा समाजसेवि भरत वहादुर चन्दले संरक्षित वनवाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भन्दै्र केही वर्षपछि वाग्लुङको ढोरपाटन सिकार आरक्षमा जस्तै विदेशी पर्यटकको घुईँचो मदाने क्षेत्रमा लाग्ने सम्भावना रहेको वताउनुभयो । सोही भेलाले मदाने संरक्षित वन कार्यलय गुल्मीको सिर्नेनीमा राख्ने पनि निर्णय गरेको छ । छलफलमा विभिन्न राजनितीक दलका प्रतिनिधी, कार्यलय तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग