Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्लाकै नमुना अर्गानिक खेतिको अनुगमन

Published on 5:41:00 PM //

जनार्दन घिमिरे
जिल्ला कृषि विकास कार्यालय अन्र्तगत गठिट जिल्ला कृषि विकास समितिको तरकारी पकेट क्षेत्रको आज अर्खलेमा अनुगमन गरिएको छ ।
अनुगमन समितिले स्थानीय प्रगतिशिल वहुउद्देश्यीय कृषक समूहद्वारा अर्खले गाविसको वार्ड नम्वर ६ मा रहेको तरकारी खेतीको अवलोकन गरि कृषकहरुको समस्याका साथै सुझावहरु समेत संकलन गरेको थियो । कार्यक्रममा वत्ति मुनिको अध्यारो भने जस्तै त्यस क्षेत्रका कृषकहरुले गरेको तरकारी खेति जिल्लामै एउटा नमूना योग्य र उदारणीय भएपनि त्यहाँका कृषकहरुको मेहनतको प्रचार प्रसार हुन नसकेको वताईएको थियो ।
कृषकहरुले शुरु गरेको अर्गानिक तरकारी खेतीले त्यस भेगका अन्य कृषकहरुलाई पनि हौसला थपिएको भन्दै उक्त तरकारी खेतीलाई अझ व्यवसायीक मूलक वनाउँदै लैजानु पर्ने अनुगमन समितिको सुझाव रहेको थियो । कार्यक्रममा त्यहाँका कृषकहरुले कृषकहरुलाई तालीमका साथै प्राविधिक ज्ञान दिनु पर्ने, उत्पादित वस्तुहरु वजारसम्म पुराउनकोलागि सवारी साधन र सडकको समस्या, तरकारीकालागि सिंचाईको व्यवस्थाका साथै दुग्ध संकलन सामग्रि लगायतका आवश्यकताको वारेमा अवगत गराएका थिए । तरकारी पकेट क्षेत्रको अनुगमनपछि आयोजित अन्र्तक्रिया कार्यक्रममा कृषकहरुले विभिन्न सरोकारवाला कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुसँग उक्त धारणा राख्नु भएको थियो ।
प्रगतिशिल वहुउद्देश्यीय कृषक समूहका अध्यक्ष भेषराज पन्थीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अन्र्तक्रिया कार्यक्रममा स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेल, जिल्ला कृषि विकास कार्यालयका वरिष्ट कृषि विकास अधिकृत नरहरिप्रसाद घिमिरे, युवा समाजसेवी खिलध्वज पन्थी, साना किसानकालागि वजार पहुँच कार्यक्रमका कार्यक्रम अधिकृत दामोदर पोख्रेल, लगायतका व्यक्तिहरुले आआफ्ना धारणाहरु राख्नु भएको थियो । जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन संस्थाकि सदश्य ईश्वरा पन्थीले गर्नुभएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग