Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सस्तो मुल्यको साझा औषधी पसल सन्चालन हुने

Published on 1:22:00 AM //


घनश्याम गौतम
जिल्ला अस्पताल परिसरमा सुपथ मूल्यको साझा औषधी पसल सञ्चालन हुने भएको छ ।

सर्वसाधरणलाई सस्तो मूल्यमा गुणस्तरीय औषधी र औजारहरू उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गर्न लागिएको हो । साझा औषधी पसल सञ्चालनका लागि अस्पताल विकास समिति र साझा स्वास्थ्य सेवा बुटवल शाखाबीच सम्झौता भएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष वीरबहादुर कार्कीका अनुसार सर्वसाधारणलाई औषधी खरिद गर्न टाढा जान नपरोस् र अस्पताल परिसरबाटै सस्तो मूल्यमा गुणस्तरीय औषधीसमेत प्रदान गर्न पसल सञ्चालन गर्न लागिएको जानकारी दिए । समिति र संस्थाबीच पसल सञ्चालनका लागि २० बुँदे सम्झौता गरिएको अध्यक्ष कार्कीले बताए ।

सम्झौता अनुसार अस्पतालले पसल सञ्चालनका लागि जग्गा उपलब्ध गराउने र शाखाले सर्वसाधारणका लागि खुद्रा बजार मूल्यभन्दा २ प्रतिशत कममा औषधी उपलब्ध गराउनेछ । त्यस्तै अस्पतालले जग्गा उपलब्ध गराएबापत शाखाले अस्पताललाई औषधी बिक्रीबाट भएको आम्दानीको २ प्रतिशत रकम उपलब्ध गराउने लगायतका बुँदा सम्झौतामा उल्लेख छन् ।

सम्झौतापछि अस्पतालले उपलब्ध गराएको जग्गामा औषधी बिक्री कक्ष निर्माण कार्य भइरहेको र छिट्टै नै पसल सञ्चालनमा ल्याइने साझा स्वास्थ्य सेवा बुटवलका अधिकृत ठाकुरप्रसाद न्यौपानेले बताए । पसलले विपन्न र सर्वसाधारणलाई ठूलो राहत हुने उनले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग