Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा ८ घाइते (फोटोहरु सहित)

Published on 1:48:00 AM //

तेजेन्द्र थापा
मंसिर १९ गते सोमबार बेलुकी गुल्मी जिल्लाको हर्राचौर गाबिस-४ झारखर्क भन्ने ठाउँमा लु १ ज १३७९ नं. को जिप दुर्घटना हुँदा जिपमा सवार ८ जना घाइते भएका छन ।
घाइते ८ मध्य ६ जना गम्भिर घाइते लाई स्थानिय उप-स्वास्थ्य चौकिमा सामान्य उपचार, पछी शान्तिपुर ईलाका हेपोमा थप उपचार पस्चात पाल्पा मिशन हस्पिटलमा रिफर गरिएको छ ।
 घाइते हुनेमा हर्राचौर ४ का ४८ बर्षका ईन्द्रलाल गौतम, गौतमकै श्रीमती बर्ष ४० कि कृष्ण कुमारी गौतम र हराचौर १ कि ५० बर्षकि डिल कुमारी खत्री रहेका छन ।
त्यसैगरी हर्राचौर २ का २५ बर्षिय टंक गुरुङ्, सुखौरा १ बाग्लुङ्का २५ बर्षिया रघु गुरुङ र सुखौरा ३ बाग्लुङकी १७ बर्षिया आशा बिक पनि दुर्घटनमा पारी घाइते भएका हुन ।
जिप शान्तिपुर गुल्मी बाट बाग्लुङको सुखौराको लागि छुटेको थियो ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग