Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मगर संघमा नयाँ नेतृत्व चयन, बधाई महेन्द्र थापालाई

Published on 7:18:00 PM //


जनार्दन घिमिरे
गत शनिवारदेखि गुल्मी जिल्लाको सदरमुकाम तमघासमा शुरु भएको नेपाल मगर संघको १० औं राष्ट्रिय महाधिवेशन दुई दिन ढिलो गरी नयाँ नेतृत्व चयन गर्दै विहिवार सकिएको छ । सहमतिवाट नेतृत्व चयन गर्ने व्यापक पहल भएपनि त्यसो हुन नसकेपछि निर्वाचन प्रणालीवाट महेन्द्र थापा मगरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै विहीवार सकिएको हो ।
अध्यक्ष थापाले १ सय ८० मत प्राप्त गरी विजयी भएका हुन । उनका प्रतिस्पर्धी वमकुमारी वुढा मगरले १ सय ४४ मत प्राप्त गरेकि थिईन । संघको वरिष्ठ उपाध्यक्षमा वसन्त घर्ति निर्विरोध निर्वाचित भएका छन भने महिला उपाध्यक्ष श्याममाया पुनले १ सय ५८ मत लिई निर्वाचित भएकि थिईन । उनका प्रतिस्पर्धी मनु थापा मगरले १ सय ३८ मत प्राप्त गरेका थिए । त्यस्तै क्षेत्रीय उपाध्यक्षहरुमा पुर्वाञ्चलवाट गंगावहादुर थापा, मध्यमाञ्चलवाट चित्रवहादुर लुङ्गेली, पश्चिमाञ्चलवाट वालसिंङ काउछा मगर, मध्य पश्चिमाञ्चलवाट गुरुप्रसाद घर्ति र सुदुर पश्चिमाञ्चलवाट तेज तरामी मगर निर्वाचित भएका छन भने १२ मगरात भाषिक उपाध्यक्षमा डा. देववहादुर थापा र १८ मगरात भाषिक उपाध्यक्षमा कर्णवहादुर वुढा मगर निर्वाचित भएका छन ।
समितिको महासचिवमा नविन रोका निर्वाचित भएका छन । रोकाले २ सय ६ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी वालकृष्ण काउछाले १ सय ५ मत प्राप्त गरेका छन् । त्यस्तै मुख्य सचिवमा ओम थापा, कोषाध्यक्षमा क्याप्टेन कुलप्रसाद पुन निर्विरोध निर्वाचित भएका छन । २ सय ९ को अत्याधिक मतले विजयी हुने संगठन सचिव ज्ञानेन्द्र पुनका प्रतिस्पर्धी तेजेन्द्र खामले ८५ मत प्राप्त गरेका छन् । त्यस्तै प्रचारप्रसार प्रकाशन सचिव माधवकुमार दर्लामी १ सय ८९ मत लिई विजयी भएका छन् भने विदेश सचिव रक्षा वहादुर रैका निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै लुम्विनी अञ्चलवाट केन्द्रीय सदस्य पदका लागि पिताम्वर सारु, गमवहादुर थापा र मिना थापा निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण समेत गराईएको थियो ।
घोषणा सभामा अध्यक्ष पदका प्रतिस्पर्धी वमकुमारी वुढा, पुर्व मन्त्री भिमकुमारी वुढा, संघका निवर्तमान अध्यक्ष झकवहादुर थापा, नवनिर्वाचित अध्यक्ष महेन्द्र थापा लगायतले मन्तव्य राखेका थिए । यस्तै नवनिर्वाचित केन्द्रीय समितिको प्रथम वैठक पनि आजै वसेको छ । समितिको अर्को वैठक पौष २० गते केन्द्रीय कार्यालय काठमाण्डौमा वस्ने भएको छ । महाधिवेशनमा देशभरीका ६३ जिल्ला, ५ भातृसंगठन र २ देशवाट गरी ३ सय १९ जना प्रतिनिधी र १ सय ७ जना पर्यवेक्षकको सहभागीता रहेको थियो । मंसिर २४ गतेबाट सुरु भएको महाधिवेशनको अर्थमन्त्री बर्षमान पुनले शनिवार उद्घाटन गरेका थिए । ऐतिहाँसिक सहमतिको आधारमा नेतृत्व चयन गर्ने भन्दै लामो समयसम्म प्रयास जारी राखे पनि सहमति हुन नसकेपछि महाधिवेशन निर्वाचन पद्धतिमा धकेलिएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग