प्रहरीद्वारा चोरीका २३ मोटरसाईकल पक्राउ
Published on
6:25:00 PM //
घनश्याम गौतम

प्रहरी नायव उपरिक्षम राजकुमार बैदवारले पक्राउ परेका सबै भन्दा बढी लुम्बिनी अंचल कार्यालयको नम्बर उल्लेख गरिएका र केही बाग्मती र गण्डकी अञ्चलका समेत रहेको बताउनु भयो । जहाँबाट चोरी भएको भएपनि सर्वसाधरणलाई सजिलोका लागि ९८४६२५८१७० नम्बरको मोवाईलमा आफ्नो हराएको मोटरसाईकलको इन्जिन र चेसिज नम्बर लेखेर एसएमएस गरेपछि मिलेमा प्रहरीले आँफै सम्पर्क गर्ने गरी व्यवस्था मिलाएको बैदवारले जानकारी दिनुभयो ।
पक्राउ पछि सार्वजनिक गरिएका मोटरसाईकलहरु सबै चोरीका भएको अहिलेसम्मको अनुसन्धानमा खुलेको समेत प्रहरीले जनाएको छ । सार्वजनिक गरिएको सबै मोटरसाईकलहरु एक सातासम्म राखेर राजश्व कार्यालय भैरहवा पठाईने प्रहरीले जनाएको छ ।
0 प्रतिकृयाहरु