Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अपांगका सहयोगका लागि गुल्मी समाजको च्यारीटि कार्यक्रम सम्पन्न

Published on 6:20:00 PM //


धर्मराज अधिकारी
सेवा नै धर्म हो भन्ने भावनाले स्थापना भएको गुल्मी सेवा समाज युकेले अपांगहरुको सहयोगार्थ च्यारीटि डिनर कार्यक्रमको आयोजना गर्‍यो । जिल्लाका हरेक सामाजिक कार्यमा सहयोग गर्दै आएको समाजले विश्व अपांगता दिवसका अवसरमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदुत डा. शुरेसचन्द्र चालीसे, एन आर एन युकेका अध्यक्ष कुल आचार्य, समाजका अध्यक्ष ओम प्रसाद थापा र आशा अपांग केन्द्रक नेपालकी अध्यक्ष गंगा रायमाझीले संयुक्त रुपमा गरेका थिए ।



प्लमस्टिडस्थित एशियन कम्युनीटि हलमा आइतबार सम्पन्न कार्यक्रममा बोल्दै बेलायतका लागि नेपाली राजदुत डा. सुरेशचन्द्र चालीसेले प्रजातन्त्र प्राप्ति पछिका सरकारहरुले अपांगताका क्षेत्रमा केहि उदार भावना लिएको बताए । समाजसेवा गर्नु मानव धर्म भएको जानकारी दिंदै चालीसेले गुल्मीजिल्ला समाजबाट भएका सह्रानीय कार्यहरुको प्रशंसा गरे । बेलायतमा रहेकाविभिन्न जिल्लाबाट आउनुभएका नेपालीहरुमा पनि यस्तै प्रेरणा जागे समस्यामा परेकानेपालीहरुले केहि राहात पाउने चालीसेले विश्वास लिए ।

एन आर एन युकेका अध्यक्ष कुल आचार्यले महापुराण, सप्ताह, महायज्ञ लगाउनुको मर्म आखिर धर्म गर्नु नै भएकोले यस्तो पुण्य काममा सेवा गर्दा धर्म मिल्ने बताए । आचार्यले समाजलाई यस्तो पुण्य काम गर्न सफल भएकोमा धन्यबाद दिए । कार्यक्रममा आशाअपांग केन्द्र नेपालकी अध्यक्ष गंगा रायमाझीले बृत्तचित्र मार्फत केन्द्रका गतिविधप्रदर्शन गरेकी थिइन । उनले गुल्मी सेवा समाजले गरेको उदाहरणीय कार्यकोप्रशंसा गर्दै यो सहयोग अपांगहरुको हितमा खर्च गरीने जानकारी दिइन ।

बेलायतस्थित प्रतिष्ठित व्यवसायी, पेशाकर्मी तथाविद्यार्थीहरुले खचाखच भरीएको कार्यक्रममा स्थानीयकलाकारहरुले गित, नृत्य तथा कविता बाचन गरी सहभागिहरुलाई मनोरञ्जन दिएका थिए । गायीकाहरु शर्मिलाबर्देवा, सितु खरेल, सिता तिमल्सीना, गायक विवेक श्रेष्ठ, गंगा थापा लगायतले मधुर स्वरमा गितहरु गाए । त्यस्तै स साना कलाकारहरुले विभिन्नगितमा नृत्य देखाएका थिए । बृद्ध गोर्खाली द्धय चक्र राना र चुन बहादुर पुनले कोमेडी मञ्चन गरे । हलभित्र पञ्चेवाजासंगै दोहारी घन्किएको थियो ।

दुइ चरणमा बांडिएको कार्यक्रमको पहिलो भाग समाजका महासचीब अर्जुन गौतम तथा विनोद ज्ञावलीले सम्हाले भने दोश्रो चरणमा उषा भट्ट र ओम गुरुङले हलमा रौनकता थपेका थिए । संस्थाका अध्यक्षओम थापाले चन्दादाता तथा सहयोगी सबैप्रति आभारप्रकट गरे । कार्यक्रममा उपाध्यक्षद्धय मोती भण्डारी र दुर्गा पाण्डेले पनि मन्तव्य व्यक्त गरेका थिए । विज्ञापनदाताहरुको नाम वाचन गर्दै यादव भण्डारीले सबैप्रति आभार प्रकट गरे । विशेष तामझामका साथगरीएको च्यारीटि कार्यक्रममा प्रमुख अतिथि राजदुत डा. शुरेसचन्द्र चालीसेलाई गुल्मीसमाजको पञ्चेवाजाले स्वागतगर्दै हलप्रबेश गराइएकोथियो ।

कार्यक्रम सफलबनाउन बेलायतस्थित नेपालीव्यवसायी तथा चन्दादाताहरु मसला मार्ट, कम्युनीका ग्रुप,दिनेश गौतम, भण्डारी ब्रदर्श तथा एभरेष्टइन परिवार,होलीकाउ रेष्टुरेण्ट, नेपालीटेलिभिजन लगायतले सहयोग गरेका थिए । प्लाटिनम स्पोन्सरका तर्फबाटबोल्दै मसलामार्टका प्रमुखकार्यकारी निर्देशक नरेन्द्र कंडेलले पुण्य काममा सहयोग गर्न पाउंदा खुशी लागेको बताए । कंडेलले मसला मार्ट सामुहिक लागनीको परिकल्पना अनुरुपस्थापना गरीएको जानकारी दिए । कार्यक्रममा सहभागिहरुले रारा रेष्टुरेटबाट ल्याइएका मिठा मिठा नेपाली परिकारहरुको स्वादलिएका थिए ।

चन्न्दादाता महानुभावहरुलाई राजदुत डा. चालीसे, एन आर एन अध्यक्ष आचार्य, आशा अपांग केन्द्रकी गंगा रायमाझी, समाजका सल्लाहकार फत्त थापा, प्लाटिनम स्पोन्सरका तर्फबाट नरेन्द्र कंडेल,अध्यक्ष ओम थापा लगायतले सम्मान तथा प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा एन आर एन युकेका पदाधिकारीहरु, पुर्वअध्यक्षद्धय सुर्य गुरुङ र डम्मर घले, समाजसेवी डा राघ धिताल, नेपाली टेलिभिजनका सिइ ओ मोहन गुरुङ, डाइरेक्टर पशुपति भण्डारी, बालजंग अर्याल लगायत करीब ६ सय भन्दा बढिको सहभागिता रहेकोथियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग