Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुलोमा पानीको चुहावटले लघुजलबिद्युत अलपत्र

Published on 8:59:00 PM //

मनोज बस्नेत
खोलामा प्रशस्त पानी भएपनी कुलोबाट पानी चुहीएर पानीको मात्रा कम भएपछी गुल्मीको नेटा गाविसमा सञ्चालीत निस्तीखोला लघुजलबिद्युत परीयोजना अलपत्र परेको छ । झण्डै २ बर्ष अगाडी निमार्ण गरिएको परियोजनाको कुलोबाट हुने गरेको पानी चुहावट पटकपटक मर्मत गर्दा पनिनरोकीएपछी लघुजलबिद्युत परीयोजना अहिले अलपत्र परेको हो ।
स्थानीय निस्तीखोला बाट उत्पादन गरी गुल्मीकै दोहोली ९ त्यसैगरी नेटा ३ र ४ मा बिस्तारीत २२ किलोबाट क्षमताको परियोजनाबाट बिगत डेढ महिना देखी १, २ किलोवाट मात्र बिद्युत उत्पादन हुने गरेको छ । सञ्चालक समिति तथा अन्य उपभोक्ताहरुले कुलो मर्मतमा चासो नदेखाएको नेटा ३ का उपभोक्ताहरुले आरोप लगाएको स्थानीय बिष्णु फुल्देलले बताउनुभयो । बिद्युत उत्पादन घटेपछी झण्डै ३ सय घरपरिवार मारमा परेका छन् ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग