Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्थायी परिवार नियोजन शिविर जारी, २ सय २१ जनाले सेवा लिईसके

Published on 1:43:00 AM //


पि.एम.मगर
यही मंसिर महिनाको ४ गतेवाट सञ्चालन भएको पुरुषका लागि भ्यासेक्टोमी तथा महिलाहरुका लागि मिनिल्याव शिविर बिहीवार गुल्मीको श्रृगा उपस्वास्थ्य चौकीमा सम्पन्न भएको छ । शिविरमा १ जना पुरुषले भ्यासेक्टोमी तथा २१ जना महिलाले मिनिल्याव सेवा लिएका छन् ।
अभियानकै रुपमा सञ्चालित उक्त शिविर अहिलेसम्म पाँच स्थानमा सम्पन्न गरिसकिएको र १ सय २१ जनाले सेवा लिएको मेरी स्टोभ सेन्टर गुल्मीका प्रमुख अमृत पौडेलले जानकारी दिए । त्यस्तै सोही शिविर तमघास र सिमलटारीमा पनि सञ्चालन गरि २३ गते सम्पन्न गरिने उनले वताए । यस भन्दा अघि जिल्लाको शान्तिपुर, पुर्तिघाट, वामीटक्सार र तुराङ्ग मजुवामा पनि शिविर सम्पन्न भईसकेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग