Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समावेशी योजना कार्यान्वयन र यसका चुनौती विषयमा अन्तरकृया

Published on 9:00:00 PM //

नरेश भण्डारी
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) जिल्ला कार्यालय गुल्मीको आयोजनामा समावेशी योजना कार्यान्वयन र यसका चुनौती एवं मानवअधिकार शिक्षा कार्यक्रमको फलोअप बैठक ०६८ मंसिर १६ गते सिमिचौर गाविसमा सम्पन्न भयो ।
गत आर्थिक वर्ष देखि इन्सेकको मानवअधिकार शिक्षा कार्यक्रम संग आवद्ध भएका सामुदायिक संस्थाका प्रतिनिधिहरु, गाविस पदाधिकारी र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि पूर्व गविस अध्यक्ष जयप्रसाद अर्यालले मानवअधिकारको पूर्ण बहालिकालागि व्यक्तिको चेतनामा अभिवृद्धी हुनुपर्ने भन्दै जातिय छुवाछुत, महिला हिंसा, घरेलु हिंसा जस्ता समस्या सामाजिक संरचनाका उपज भएको धारणा राखे । उनले सामाजिकरुपमा पछाडि पारिएका समुदाय र वर्गलाई लक्षीत गरि विकास कार्यक्रम केन्द्रित गर्नु पर्नेमा जोड दिए ।
यसैगरी एकीकृत नेकपा माओवादीका तुलबहादुर कुँवर, एमालेका पदमप्रसाद अर्याल, गविस सचिव कमलप्रसाद पाण्डे, उपस्वास्थ्य चौकीका इन्चार्ज ओमबहादुर थापा, अतिरिक्त हुलाकका प्रमुख सुना पाण्डे, बालअधिकर चेतना समुहका आशोक पाण्डे र शक्ति परियार, सामुदायिक संस्थाका रेनुका कुँवर र पुतला पाण्डे तगायतका वक्ताहरुले समाजमा पछाडि पारिएका लक्षीत वर्ग सम्म कार्यक्रम र बजेट पु¥याउन सकेमा मानवअधिकार मैत्री योजना सफल हुने धारणा राखे ।
कार्यक्रममा मानवअधिकार मैत्री वजेट निर्माण र त्यसको कार्यान्वयन, मानवअधिकारको संस्कृती, जातिय छुवाछुत, महिला हिंसा, घरेलु हिंसा र व्यक्तिगत घटना दर्ताको महत्व विषयमा इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसाल र इन्सेक जिल्ला प्रतिनिधि नरेश भण्डारीले सहजिकरण गरे ।
चन्द्रमा महिला समुहका अध्यक्ष तिलकुमारी बुचाको अध्यक्षता र हरियाली सामुदायिक संस्थाका कोषाध्यक्ष राधा पण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रमबाट १८ सदस्यीय मानवअधिकारको लागि सामुदायिक संस्थाहरुको सञ्जाल सिमिचौर गठन भयो । जसको अध्यक्षमा सुमित्रा बस्नेत, उपाध्यक्ष तिलकुमारी बुचा, सचिव राधा पाण्डे, सहसचिव मिना थापा र कोषाध्यक्ष सरस्वाती पाण्डे रहेका छन् ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग