Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काँग्रेसका केन्द्रीय नेताहरु गुल्मीमा, २३ गते वरिष्ठ नेता देउवा आउने

Published on 1:42:00 AM //


पि.एम.मगर
तम्घासमा हुने एक कार्यक्रममा सहभागी हुनजाने क्रममा कांग्रेस नेता शेखर
कोइराला रिडीमा । रिडीमा उहाँलाई कांग्रेस कार्यकर्ताहरुले स्वागत
गरेका थिए । फोटो: रुरु नेटवर्क
नेपाली काँग्रेस, गुल्मी क्षेत्र नम्वर १ को अधिवेशनलाई सम्वोधन गर्नका लागि केन्द्रीय नेताहरु विहिवार गुल्मी आएका छन् । शनिवार गुल्मीको जोहाङ्ग खैरेनीमा हुन लागेको क्षेत्रीय अधिवेशनलाई सम्वोधन गर्नका लागि केन्द्रीय सदस्यहरु शेखर कोईराला, राजन पन्त र चन्द्र भण्डारी हिजो गुल्मीको सदरमुकाम तमघास आएका नेपाल महिला संघकी जिल्ला अध्यक्ष विष्णुकुमारी  सापकोटाले जानकारी दिईन ।
त्यस्तै सोही अधिवेशनलाई सम्वोधन गर्न काँग्रेसका युवा नेता गगन थापा पनि शुक्रवार जोहाङ्ग खैरेनी आउने कार्यक्रम रहेको उनले वताईन । शुक्रवार केन्द्रीय नेताहरुले कार्यकर्ताहरुसँग भेटघाट गर्ने र मुलुकको पछिल्लो अवस्था र नेपाली काँग्रेसको भुमिकाका विषयमा पत्रकारहरु लाई जानकारी गराउने कार्यक्रम रहेको नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष हरिकुमार श्रेष्ठले बताए । साथै पत्रकार सम्मेलनमा सहभागी हुनका लागि सवै पत्रकारहरुलाई उनले आग्रह समेत गरे । अहिले अधिवेशनको तैयारी अन्तिम चरणमा पुगेको अधिवेशन आयोजक समितिले जनाएको छ । त्यस्तै क्षेत्र नं. ३ को क्षेत्रीय सम्मेलन पनि यही मंसीर २३ गते गुल्मी अर्जैको पोखरावारीमा हुँदै छ । सो अधिवेशनलाई सम्वोधन गर्न पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवा, युवा नेता गगन थापा, प्रदिप गिरी लगायतका नेताहरु आउने आयोजक समितिले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग