Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषण गर्न छलफल

Published on 1:36:00 AM //


विष्णु पौडेल
गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न पहल गर्ने विषयमा हिजो गुल्मीको विरवासमा सरोकारवालाविच व्यापक छलफल भएको छ । गाविस सचिव फर्सवहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलका सहभागीले गाउँलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नका लागी गाउँगाउँमा जनचेतनाको विकास हुनुपर्ने भन्दै गाउँ खुल्ला दिशामुक्त भएपछि हुने फाईदाको वारेमा समेत सवैलाई जानकारी गराउनुपर्ने वताएका छन् ।
स्थानीय राजनितीक दलका प्रतिनिधी, स्थानीय संघसस्थाका प्रमुख, वुद्धिजीवी, व्यापारी, समाजसेवी, स्थानीयवासी लगायतको उल्लेखनीय उपस्थिती रहेको भेलाले गाउँलाई खुल्ला मुक्त क्षेत्र घोषणा गर्न टोलटोलमा जनचेतनाको विकास गर्ने, गरिवीको रेखामुनी रहेकाको पहिचान गरी सक्दो आर्थिक सहयोग गर्ने, सौचालय निर्माण गरेकालाई प्रोत्साहन गर्नुका साथै गाविसवाट लक्षित समुहमा छुट्याईएको रकम समेत सोही समुदायमा सौचालय निर्माणमा लगाउने निर्णय समेत भएको छ । गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न गाविस सचिव फर्सवहादुर कार्कीको अध्यक्षतामा ३५ सदस्यीय गाविस स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिती समेत गरिएको छ । साथै सोही कार्यक्रमलाई प्रभावकारी वनाउन गाविस सचिवकै अध्यक्षतामा ११ सदस्यीय कार्यकारिणी समिती गठन गरिएको छ ।
साथै सोही भेलाले आर्थिक वर्ष २०६९-७० को गाउँ परिषद् यहि पुस ४ गते र कार्यकारिणी समितीको वैठक मंसिर १८ गते वस्ने निर्णय समेत गरेको छ । रुङ्खादह उच्च माध्यामिक विद्यालयका पुर्व प्राचार्य ठाकुरप्रसाद शर्माको प्रमुख आतित्थ्यता रहेको कार्यक्रममा विरवास उपस्वास्थ्य चौकीका इन्चार्ज मित्रलाल ज्ञवाली, राजनितीक दलको तर्फवाट एमालेका नरेन्द्र किरण ठकुरी, लगायतले मन्तव्य राख्नुभएको थियो । सामाजिक परिचालक कमल पन्थीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रुन्खादह उच्च माविका शिक्षक दिनानाथ शर्माले गर्नुभएको थियो । १ हजार ४२ घरधुरी रहेका विरवास गाविसमा करिव ३ सय घरधुरीमा अझै पक्की सौचालय वन्न नसकेको विरवास गाविसका सामाजिक परिचालक कमल पन्थीले जानकारी दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग