Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादी पुर्व लडाकुहरुद्धारा पश्चिमाञ्चल बन्द, गुल्मी बढी प्रभावित

Published on 2:26:00 PM //


मनोज बस्नेत
आफ्ना मागहरु पुरा नभएको भन्दै चराणबद्ध आन्दोलनमा उत्रिएका माओवादि पुर्व लडाकुहरुले गरेको पश्चिमाञ्चल बन्दका कारण आज यस क्षेत्रको जनजिवन प्रभावित बनेको छ । बन्दको प्रभाव अन्य जिल्लाको तुलनामा गुल्मीमा बढि देखिएको छ । जिल्लामा कुनै पनि सवारी चलेका छैनन । शिक्षण सँस्था तथा कार्यालयहरु आज शनिबार भएकोले स्वत: बन्द रहेका छन् भने उद्योग-धन्दा र बजार पनि पुर्ण रुपमा बन्द रहेका छन् ।
पछिल्लो समयमा बिभीन्न निहुँमा दिनहुँ भईरहने बन्द र त्यसैमाथी आज एक्कासी भएको बन्दले जनजिवन थप प्रभावीत बनेको छ । अयोग्यताको विल्ला खारेज गरिनुपर्ने, आर्थिक प्याकेज एकमुष्ट प्रदान गरिनुपर्ने, पक्राउ परेका लडाकुहरुको विनाशर्त रिहाइ गरिनुपर्ने माग गर्दै अममिनको प्रमाणीकरणबाट अयोग्य ठहरीएका लडाकुहरुले यसअघि सुदूर र मध्यपश्चिम क्षेत्र बन्द गरेका थिए  ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग