Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकै गाउँका २ सय ३० महिलामा पाठेघर समस्या

Published on 1:32:00 PM //


गुल्मीको हृवाङ्दी गाविसमा २३० महिलामा प्रसूतिसम्बन्धी समस्याका बिरामी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गुल्मी र महिला हिंसा न्यूनीकरण समूहको संयुक्त आयोजनामा गाउँमै सञ्चालित महिला प्रसूति स्वास्थ्य शिविरमा भेटिएका बिरामीमध्ये पाठेघर खसेका, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या भएका महिला मात्रै थिए । परम्परागत मान्यताले गर्दा आफूलाई परेको समस्या भन्नका लागि लाज र आर्थिक अभावका कारण लामो समयदेखि रोग लुकाउँदै आएका महिलाहरु शिविरमा खुलेर रोग जाँच गराउन आएका थिए । पाठेघर खसेका १९ जना बिरामीको शल्यक्रियाका लागि तम्घास अस्पतालमा सिफारिस गरिएको छ ।

शिविरकै अवसरमा महिला हिंसा न्यूनीकरणका लागि समिति समेत गठन गरिएको छ । हृवाङ्दी गाविसमा सुमित्रा पाण्डेयको अध्यक्षतामा ११ सदस्य महिला हिंसा न्यूनीकरण समिति गठन गरिएको हो । समितिले गाउामा महिला हिंसाविरुद्ध जनचेतना जगाउनुका साथै हिंसामा परेका महिलालाई कानुनी उपचारका लागि सहयोग गर्ने जानकारी दिइएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग